• काेसिस न्यूज
  • आजबाट सकियाे १६ दिवसीय अभियान


    रामेछाप – लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियान आजबाट सकिएकाे छ । अभियानका क्रममा मानव अधिकार दिवस मनाएसँगै अभियान सकिएकाे छ ।

    आइतबार मन्थली नगरपालिकाद्वारा आयाेजीत अभियानकाे समापन कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले लैंगिक हिंसा र घरेलु हिंसामा परेका महिलाकाे विशेष रुपमा हेर्न सम्बन्धित निकाएलाई आग्रह गरिन् । उनले सबैखाले हिंसाका घटनाहरु जिल्ला प्रहरीकाे आइपुग्ने भएकाले प्रहरी कार्यालय यसमा जिम्मेवार हुनु पर्ने भन्दै त्यस्ता घटनामा आफ्नाे दायित्व सम्झेर कार्य गर्न आग्रह गरिन् ।

    त्यसैगरी कार्यक्रममा रामेछापका जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले अशिक्षा, बेरोजगारी , गरिबी , सचेतनाकाे कमी लगाएतका कारणले हिंसाकाे घटना घट्ने भएकाले अबकाे पहल सचेतना फैलाउने ,गरिबी न्युनिकरण गर्ने र शिक्षाकाे कमी हुन नदिने तर्फ हुनुपर्ने बताइन् ।

    त्यसैगरी मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले के गर्याे भने हिंसा हुने हाे ? र हिंसा गर्नेलाई के कस्ताे कानुनी कारबाही हुन्छ भन्ने कुरामा सचेत गराउन सकेमात्र पनि कारबाहीका डरले हिंसा कम हुने बताए ।

    कार्यक्रमका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले लैंगिक हिंसा ,घरेलु हिंसा ,महिला हिंसा र अन्य हिंसाकाे अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस्ताे कुनैपनि प्रकृतिकाे हिंसाकाे घटना भएमा पिडितले मात्र हाेइन देख्ने थाहा पाउने जाे काेहीले उजुरी दिन सकिने बताए ।

    त्यसैगरी पालिकाकाे महिला , बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख भगवती तामाङले अभियान अवधिभर संचालन भएका गतिविधिका बारेमा जानकारी गराइन्


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस