आजबाट सकियाे १६ दिवसीय अभियान
रामेछाप – लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियान आजबाट सकिएकाे छ । अभियानका क्रममा मानव अधिकार दिवस मनाएसँगै अभियान सकिएकाे छ ।
आइतबार मन्थली नगरपालिकाद्वारा आयाेजीत अभियानकाे समापन कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले लैंगिक हिंसा र घरेलु हिंसामा परेका महिलाकाे विशेष रुपमा हेर्न सम्बन्धित निकाएलाई आग्रह गरिन् । उनले सबैखाले हिंसाका घटनाहरु जिल्ला प्रहरीकाे आइपुग्ने भएकाले प्रहरी कार्यालय यसमा जिम्मेवार हुनु पर्ने भन्दै त्यस्ता घटनामा आफ्नाे दायित्व सम्झेर कार्य गर्न आग्रह गरिन् ।
त्यसैगरी कार्यक्रममा रामेछापका जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले अशिक्षा, बेरोजगारी , गरिबी , सचेतनाकाे कमी लगाएतका कारणले हिंसाकाे घटना घट्ने भएकाले अबकाे पहल सचेतना फैलाउने ,गरिबी न्युनिकरण गर्ने र शिक्षाकाे कमी हुन नदिने तर्फ हुनुपर्ने बताइन् ।
त्यसैगरी मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले के गर्याे भने हिंसा हुने हाे ? र हिंसा गर्नेलाई के कस्ताे कानुनी कारबाही हुन्छ भन्ने कुरामा सचेत गराउन सकेमात्र पनि कारबाहीका डरले हिंसा कम हुने बताए ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले लैंगिक हिंसा ,घरेलु हिंसा ,महिला हिंसा र अन्य हिंसाकाे अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस्ताे कुनैपनि प्रकृतिकाे हिंसाकाे घटना भएमा पिडितले मात्र हाेइन देख्ने थाहा पाउने जाे काेहीले उजुरी दिन सकिने बताए ।
त्यसैगरी पालिकाकाे महिला , बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख भगवती तामाङले अभियान अवधिभर संचालन भएका गतिविधिका बारेमा जानकारी गराइन्
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस