पोर्चुगलको राजदूतमा कुटनीतिक मामिलाका विज्ञ शनिल सिफारिस
काठमाडौँ – पोर्चुगलको राजदूतमा कुटनीतिक मामिलाकाविज्ञ शनिल नेपाल सिफारिस भएका छन् । कुटनीति, योजना, विकास र नीतिनिर्माणका क्षेत्रमा विज्ञको रुपमा क्रियाशिल नेपाली काँग्रेसका युवा नेता नेपाल राजदूतका लागि सिफारिस भएका हुन् ।
नेपाल राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका थिए । उनले काँग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए । त्यस्तै दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर नेपालले काम गरिसकेका छन् ।
पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए । विद्यालयमा नेविसंघको अध्यक्ष हुदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कृतिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाटै मानवीकि संकाय तर्फ अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपाल कानुन शास्त्रका समेत विद्यार्थी हुन ।
युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थीत नेपालीले तत्काल दूतावास स्थापना गर्न दवाव दिदै आएका थिए । मन्त्रीपरिषद्को यो निर्णय पछि पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस