बाल क्लबकाे पदाधिकारीहरुलाई उद्घाेषण तालिम
रामेछाप – मन्थली नगरपालिकाले पालिकाकाे १४ वटै वडाका बाल क्लबका पदाधिकारीहरुलाई माइन्युट लेखन र उद्घाेषण तालिम प्रदान गरेकाे छ ।
उक्त तालिम मन्थली नगरपालिकाे सहयाेग तथा सम्बन्धित वडा कार्यलयकाे समन्वयमा वडा बाल संजालले आयाेजनामा संचालन गरेकाे हाे । तालिममा सबै वडाका वालक्लबका पदाधिकारीहरु गरि ४ सय जनालाई तालिम प्रदान गरिएकाे छ भने कार्यक्रम १४ वडाकाे मावि तथा वडा कार्यालयमा गरिएकाे नगरपालिकाकाे महिला तथा बालबालिका शाखा प्रमुख भगवती तामाङले जानकारी दिईन् ।
बालमैत्री नगर निर्माणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकाे छ । उक्त कार्यक्रम अन्तर्गत बालबालिकाकाे नेतृत्व विकास तथा क्षमता वृद्धिका लागि तालिमकाे आयाेजना गरेकाे शाखा प्रमुख तामाङले बताईन् ।

त्यसैगरि तालिममा सहभागीत चनखुका विपिन बाहाेराले तालिम पश्चात् बैठक संचालन गर्न , माइन्युट लेख्न र कार्यक्रम संचालन गर्न सजिलाे हुने बताए । त्यस्तै बालबालिकाकाे अतिरिक्त क्षमता विकासका गर्न यस्ता किसिमकाे कार्यक्रम लाभदायक हुने गरेकाे मन्थली ४ का वडा अध्यक्ष राजन घिमिरेले बताए ।

कात्तिक १८ देखि २१ गते सम्म नगरका विभिन्न वडाहरुमा संचालन भएकाे तालिममा उद्धाेषण सीप सम्बन्धि पत्रकार नवराज पथिक , ज्ञानु श्रेष्ठ , युवराज श्रेष्ठ र कैलाश खत्रीले सहजीकरण गरेका थिए भने माइन्युट लेखन सम्बन्धि नगरपालिकाका उपसचिव हेमन्त बुढाथोकी ,शाखा अधिकृत उज्वल पाेख्रेल, दिपक सुवेदी र गाेविन्द कट्टेलले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस