बाल क्लबकाे पदाधिकारीहरुलाई उद्घाेषण तालिम

रामेछाप – मन्थली नगरपालिकाले पालिकाकाे १४ वटै वडाका बाल क्लबका पदाधिकारीहरुलाई माइन्युट लेखन र उद्घाेषण तालिम प्रदान गरेकाे छ ।
उक्त तालिम मन्थली नगरपालिकाे सहयाेग तथा सम्बन्धित वडा कार्यलयकाे समन्वयमा वडा बाल संजालले आयाेजनामा संचालन गरेकाे हाे । तालिममा सबै वडाका वालक्लबका पदाधिकारीहरु गरि ४ सय जनालाई तालिम प्रदान गरिएकाे छ भने कार्यक्रम १४ वडाकाे मावि तथा वडा कार्यालयमा गरिएकाे नगरपालिकाकाे महिला तथा बालबालिका शाखा प्रमुख भगवती तामाङले जानकारी दिईन् ।
बालमैत्री नगर निर्माणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकाे छ । उक्त कार्यक्रम अन्तर्गत बालबालिकाकाे नेतृत्व विकास तथा क्षमता वृद्धिका लागि तालिमकाे आयाेजना गरेकाे शाखा प्रमुख तामाङले बताईन् ।

त्यसैगरि तालिममा सहभागीत चनखुका विपिन बाहाेराले तालिम पश्चात् बैठक संचालन गर्न , माइन्युट लेख्न र कार्यक्रम संचालन गर्न सजिलाे हुने बताए । त्यस्तै बालबालिकाकाे अतिरिक्त क्षमता विकासका गर्न यस्ता किसिमकाे कार्यक्रम लाभदायक हुने गरेकाे मन्थली ४ का वडा अध्यक्ष राजन घिमिरेले बताए ।

कात्तिक १८ देखि २१ गते सम्म नगरका विभिन्न वडाहरुमा संचालन भएकाे तालिममा उद्धाेषण सीप सम्बन्धि पत्रकार नवराज पथिक , ज्ञानु श्रेष्ठ , युवराज श्रेष्ठ र कैलाश खत्रीले सहजीकरण गरेका थिए भने माइन्युट लेखन सम्बन्धि नगरपालिकाका उपसचिव हेमन्त बुढाथोकी ,शाखा अधिकृत उज्वल पाेख्रेल, दिपक सुवेदी र गाेविन्द कट्टेलले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस