• काेसिस न्यूज
  • शिक्षक आन्दोलन फिर्ता


    काठमाडौँ -आन्दोलनरत शिक्षकहरुले आन्दोलनलनका कार्यक्रम फिर्ता गरेका छन् । शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट आन्दोलन फिर्ता लिएका हुन ।   

    गृहमन्त्रालयमा शुक्रबार बसेको शिक्षक र सरकारबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएकाे हाे ।

    शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएकाे छलफलमा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन । 


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस