असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक

रामेछाप – नेपाल शिक्षक महासंघकाे अगुवाइमा असाेज ३ गते देखि देशभरका शिक्षक सडक आन्दोलनमा उत्रिने भएका छन् ।
संविधान दिवसकाे दिन पारेर देशभरका शिक्षक विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रने भएका हुन ।
नेपाल शिक्षक महासंघले लामो समय देखि आफ्ना माग सहित शान्ति पूर्ण आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको र शिक्षककाे माग प्रति सरकार उदासीन हुँदै आएकाले महासंघले आगामी असोज ३ गतेदेखि भने सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्द गरेर सडक आन्दाेलन उत्रिन लागेकाे विज्ञप्ति मार्फत महासंघले जानकारी गराएकाे छ ।
यस अघि पटक – पटक गरेकाे आन्दोलनलाई व्यवस्था गर्दै सरकारले हालै अव्यावहारिक र अवैज्ञानिक शिक्षा ऐन जारी गरेकाे हुदा उक्त ऐेनका विरुद्ध शिक्षक महासंघ आन्दाेलीत हुन बाध्य भएकाे शिक्षक महासंघ रामेछापका अध्यक्ष शङ्कर ढुङ्गेलले जानकारी दिए । अध्यक्ष ढुङ्गेलले महासङ्घले उठाएका मागका बारेमा पटक- पटक भएका प्रयासहरु सरकारले बेवास्ता गरेपछि माग सम्बोधन नभए सम्मका लागि शैक्षिक गतिविधि ठप्प पार्न लागेको जानकारी गराए ।
शिक्षक महासंघ केन्द्रीय समितिले गरेको आह्वान अनुसार शैक्षिक गतिविधि ठप्प पारेर शिक्षकहरू राजधानी केन्द्रित भएर आन्दोलनमा सहभागी हुने महासंघ रामेछापले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे छ।
हालै संसदमा दर्ता भएको ‘शिक्षा ऐनले शिक्षकहरूको हित गर्न नसक्ने, शैक्षिक क्षेत्रलाई नै धरापमा पार्न सक्ने, आगामी दिनमा नयाँ पुस्तालाई शिक्षण पेसा प्रति वितृष्णा जगाउने ,पेशागत संगठनमा बन्देज लगाउने, स्थानिय तहलाई दिईएकाे अधिकार हुनुपर्ने , लगाएतकाे माग सहित महासंघ आन्दाेलित हुने भएकाे हाे ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस