विपी जयन्तीमा तरुणदलद्वारा रक्तदान
रामेछाप – नेपाल तरुण दल रामेछापले विपी जयन्तीकाे अवसरमा रक्तदान गरेकाे छ । मंगलबार मन्थलीमा तरुण दलले रक्तदान कार्यक्रम गरेकाे हने ।
नेपाल तरुणदल रामेछापले ११० ओैं विपी जयन्तीकाे अवसरमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम नेपाल रेडक्रस साेइसाईटीकाे प्राविधिक सहयाेगमा रेडक्रस भवन मन्थलीमा आयाेजना गरिएको थियाे ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति एंव रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपाने, नेपाली कांग्रेसले प्रदेश सभा (ख) का क्षेत्रिय सभापति राजेश कुमार श्रेष्ठ ,जिल्ला स्तरिय नेताहरु ,तरुण दल नेताहरु , स्थानिय तथा व्यवसायी लगाएको सहभागी रहेकाे थियाे । कार्यक्रममा विपीलाई संझिदै शुभकामना आदानप्रदान समेत गरिएकाे तरुण दल रामेछापका उपाध्यक्ष बासु फ्युयालले जानकारी दिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस