काठमाडौं १६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । रिजालकाे भाइरल संक्रमणपछि उपचारका क्रममानिधन भएकाे हाे ।
रिजाललाई भाइरल संक्रमण भएपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे उपचारकेै क्रममा निधन भएकाे उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् ।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-७ का सभापति हुन । गत २०७९ काे स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका रिजाल एमालेका उमेदवार लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए ।
उनी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन ।
रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । उनकाे जन्म धादिङको खनियाँबासमा भएकाे थियाे भने अहिले उनकाे बसाेबास काठमाडौं-१६, बालाजुमा रहेको थियो । रिजालका श्रीमती र २ छोरा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस