काठमाडौं १६ का वडा अध्यक्ष रिजालको निधन
काठमाडौं महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । रिजालकाे भाइरल संक्रमणपछि उपचारका क्रममानिधन भएकाे हाे ।
रिजाललाई भाइरल संक्रमण भएपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे उपचारकेै क्रममा निधन भएकाे उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् ।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-७ का सभापति हुन । गत २०७९ काे स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका रिजाल एमालेका उमेदवार लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए ।
उनी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन ।
रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । उनकाे जन्म धादिङको खनियाँबासमा भएकाे थियाे भने अहिले उनकाे बसाेबास काठमाडौं-१६, बालाजुमा रहेको थियो । रिजालका श्रीमती र २ छोरा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस