सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क हुनुपर्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केहीदेखि विभिन्न नाम र बहानामा सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको बताएका छन्। उपप्रधानमन्त्री खड्काले मिलेर बसेको नेपाली समाजकाे सद्भाव खल्बल्याउन खाेज्नेहरुसँग सबै नेपाली सचेत रहनु पर्ने बताए ।
शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालयकाे भवन र स्वास्थ्य चौकीकाे भवन उद्घाटन गर्दै खडकाले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्व प्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक शक्तिहरु समेत सचेत हुनुपर्ने बेला आएको बताएकाे हाे ।
सदयौँदेखि देशमा बिभिन्न भूगोल र समाजमा मिश्रित रुपमा बस्दै आएका जातजाती, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएको बताउदै उनले यस्तो एकता खलबल्याउने, समाज भाड्ने काम कहिकतैबाट हुनु नहुनेमा तर्क राखेका छन् ।
“देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाती, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्धन्द्ध छैन,” उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भने , “यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको बिकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”
त्यसैगरी कार्यक्रममा उपप्रधानमन्त्री खड्काले संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै बिकासको अभियानलाई पुरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । त्यस्तै जनप्रतिनिधिलाई कुनैपनि किसिमको लोभबाट मुक्त भएर विकासकाे काममा लागन निर्देशन समेत दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ डब्लुडब्लुजेकाे अध्यक्षमा खड्का
- २ दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
- ३ पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
- ४ दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
- ५ फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
- ६ मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
- ७ बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
- ८ मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
प्रतिक्रिया दिनुहोस