संवाद नै समस्या समाधानकाे उत्तम उपाय हाे : नेका केन्द्रीय सदस्य डा:यादव
रामेछाप – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र माेहन यादवले संवाद नै समस्या समाधानकाे उत्तम उपाय रहेकाे बताए । नेपाली कांग्रेसकाे आन्तरिक बिशेष अभियान अन्तर्गत जिल्ला कार्यसमिति रामेछापकाेले आइतबार मन्थलीमा आयाेजना गरेकाे कार्यक्रममा डा: यादवले पार्टी भित्रकाे सबैखाले समस्या समाधान छलफल तथा संवादबाट हुने बताएका हुन ।
कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य डा: यादवले कुनैपनि विषयमा मत राख्ने क्रममा मत मिल्नेहरु र मत नमिल्नेहरुकाे गुट हुनु स्वाभाविक भएपनि त्यसपछि आएकाे निष्कर्षलाई भने सबैले स्विकार्नु पर्ने र विषय सकिएसँगै गुट पनि सकिने बताए । त्यसैगरी उनले कांग्रेस भित्रकाे गुट र उपगुटकाे अन्त्य गर्दै कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । त्यस्तै कांग्रेसकाे क्रियाशील वितरणकाे प्रकृया नै गलत भएकाे स्विकार्दै उनले भने संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन जाेड दिए । डाः यादवले केन्द्रीय समितिले गरेका त्रृटीहरु पनि सच्याउनलाई सुझाव दिन समेत आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सदस्य एवं जिल्ला प्रतिनिधि सानुकान्छा श्रेष्ठले अभियान कार्यक्रममा सिद्धान्त विहिन,आधार विहिन र टिकटके पार्टीहरुकाे विगविगि भएकाे भन्दै त्यसपर्फ सचेत हुन नागरिकलाई सुझाव दिदै वर्षाैदेखिकाे इतिहास बाेकेकाे पार्टी कांग्रेसले पनि समयानुकूल संगठन विस्तारमा लाग्नुपर्ने कुरामा जाेड दिए । त्यस्तै प्रदेश सदस्य प्रज्वल दवाडीले पार्टीको हितका लागि नेतृत्व र नेता एक भएर अगाडि बढ्नुपर्ने धाराणा व्यक्त गरे । त्यस्तै प्रदेश सदस्य कुमार दुलालले कांग्रेस भित्र देखा परेका विकृति हटाएर अघि बढ्नु पर्ने बताए ।

यसैगरी कार्यक्रममा सहभागी भएका नेताहरुले रामेछाप जिल्लाकाे कांग्रेस भित्र संस्थापन पक्षकाे विराेध थर्ने पुरानाे राेग भएका बताएका थिए । त्यस्तै सहभागीहरुले विराेध मात्र गरेर नहुने भन्दै संगठन बलियाे बनाउन लाग्नुपर्ने र नेतृत्वबाट भएका गल्ति कमजाेरीलाइ सुधार्न सुझाव दिदै अघि बढनु पर्ने धाराणा राखे । केही सहभागीहरुले भने पार्टी नेतृत्वले एक समुहलाइ नै व्यवास्ता गरेकाे , समन्वय नगरेकाे र मनाेमानी ढङ्गले अगाडि बढेकाे आराेप लगाएका थिए । त्यस्तैगरि सहभागीहरुले रामेछाप कांग्रेस भित्र देखा परेकाे विवाद समाधान हुन नसक्नुमा नेतृत्वकाे कमजोरी रहेकाे आराेप समेत लगाएका थिए । भने कतिले एकले अर्कालाई आराेप प्रतिआराेप मात्र लगाएर नहुने भन्दै पार्टी सुधार्ने र बलियाे संगठन बनाउने हाे भने आ- आफ्नाे ठाउँबाट आ- आफ्नाे कमजोरी सबै सुधारेर अघिबढ्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ ( कानछाराम) ले पार्टी भित्र कनैपनि विवाद र समस्या नभएकाे बताए । तामाङले भने पार्टी भित्र लेखा परेका समस्या विवादका विषयमा यश अघिनै सहमति भएकाे जानकारी दिए । त्यसैगरि सभापति तामाङले सहमति भइसकेको विषयमा पुन: विवाद झिक्नु अनावश्यक भएकाे बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस