अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : अर्थमन्त्री डा. महत
वीरगन्ज -नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नै नेपाली कांग्रेसको कमजोरी भएको औंल्याउएका छन् । कुनैपनि कुरामा चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा प्रचार गर्ने होइन भन्दै उनले यस्ताे बताएका हुन ।
नेता डा: महतले पार्टी भित्र चित्त नबुझेको कुरा आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जालकाे प्रयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जाने बताए ।त्यसैले समाजिक संजालमा प्रचार गरेर खराब सन्देश प्रवाह नगर्न आग्रह गरे ।
कांग्रेसका प्रवक्ता डा. प्रकमहतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताए । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैं लाइभ हुँदैन । उनले भने हामी धेरै कर्मकाण्डी भएका छौं, सिधैं विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागत रुपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताको बीचमा लिएर जानुपर्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस