मनाेनित केन्द्रीय सदस्यलाई भातृसंघ समन्वय बाग्मति प्रदेशको शुभकामना
काठमाडौ – नेपाली कांग्रेसकाे विभिन्न भातृसंस्थाहरुकाे केन्द्रीय समितिमा मनाेनित भएकाहरुलाइ नेपाली कांग्रेस बागमती प्रदेशकाे भातृसंघ समन्वय विभागले बधाई तथा शुभकामना दिएकाे छ । विभागले साेमबार काठमाडौंमा एक कार्यक्रमकाे आयाेजना गरेर मनाेनितहरुलाइ बधाई तथा शुभकामना दिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान शिंहले मनाेनित भएकाहरुलाइ बधाई तथा शुभकामना दिदै आगामी दिनमा संगठनलाई बलियाे बनाउन कार्यमा महत्त्वपूर्ण भुमिका खेल्न अनुरोध गरे । त्यसैगरि उनले भने देशकाे राजनीतिलाई कता तिर लैजाने भन्ने कुरा युवाहरुकाे हातमा भएकाले मनाेतित भएका सबैलाई आ- आफ्नाे समितिकाे नियमित बैठक बस्ने, एजेन्डाहरुमा छलफल गर्ने , त्यसकाे सहि निचोडमा पुग्ने र पार्टीलाई मार्गनिर्देशन गर्ने काम गर्न पनि अनुराेध गरे । त्यस्तै राजनिती पद प्राप्तिका लागि मात्र नभई देश र जनताकाे सेवाका लागि भएकाले त्यतातिर लाग्न समेत प्रेरणा मिलाेस भन्दै शुभकामना दिए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले पार्टी भित्र गुट , उपगुट हुने गर्छ त्याे कुरालाई लिएर पार्टीका नेता कार्यकर्ता आत्तिनु पर्दैन भन्दै उनले सबैमिलेर पार्टी बलियो बनाउन लाग्नु पर्ने धाराणा राखेका थिए । त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका बरिस्ठ सदस्य जगदीश नर्सिङ केसिले पार्टीले विधि विधान मिचेर काम गरिरहेकाे आराेप लगाउदै उनले पार्टी नेतृत्वलाई सच्चिन , सच्याउन, सुध्रिन र सुधार्न आग्रर गरे ।
त्यसैगरि कार्यक्रममा नेपाली कांग्रेसकि केन्द्रीय सदस्य राधा घले, ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ , नेपाल किनास संघका केन्द्रीय अध्यक्ष गणेश तिमल्सिना , डिएलएका अध्यक्ष सिताराम केसि लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेशकाे भातृसंघ समन्वय विभागका संयाेजक प्रज्वल दवाडीकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा प्रदेश समिति ,जिल्ला सभापतिहरु, भातृ संघसंस्थाका प्रमुख लगाएतका नेताहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस