बिपीको विचार कालजयी : लेखक
बिपीको विचार कालजयी : लेखक
रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपी कोइरालाको विचार कालजयि (कहिल्यै नमर्ने ) भएको वताएका छन् ।
‘बिपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सवै अटाउन सक्नुनै उहाँको विचारको कालजयिता हो ’ लेखकले भने – लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिष्टहरुलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनाऔं , त्यहि भएर विपीले प्रतिपादन गरेको काँग्रेसको विचारले सवै विचारहरुलाई जितेको छ ।
४१ औं विपी स्मृति दिवसको अवसरमा रुख रोप्ने कार्यक्रमलाई शनिबार रामेछापको भंगेरीमा संवोधन गर्दै लेखकले नयाँ पार्टी उर्लदो खहरे भएको वताए । ‘काँग्रेस मंसिरमा पनि उत्तिकै वग्ने नदी समान हो, अरु खहरे हुन मंसिरमा हुदैनन’ लेखकले भने । नयाँ पार्टी उदाउदैमा कुनैपनि काँग्रेसले आत्तिनु नपर्ने उनको तर्क थियो ।
काँग्रेसमा सिद्धान्त प्रति कसैको असहमति नभएको वताउदै लेखकले पार्टी संचालनका क्रियाकलाप र विधिमा काँग्रेसमा केहि समस्याहरु र नेता कार्यकर्ताको विमति रहेको उनले औल्याए । केहि दिन देखि चलिरहेको केन्द्रीय समितिको बैंठकमा महामन्त्री गगनकुमार थापाले ल्याएको प्रतिवेदन माथि छलफल भइरहेको र त्यसले पार्टीलाई अरु शसक्त वनाएर अघी बढाउन सहयोग पुग्नेमा आशावादी रहेको लेखकले उल्लेख गरे ।
उनले काँग्रेस संघ देखि स्थानीय तह सम्म सवैभन्दा ठुलो र जिम्मेवार पार्टी भएकाले त्यसलाई तल झर्न भन्दा पनि अझ माथि लैजानका लागि जनप्रतिनिधिहरुले प्रभावकारी काम गर्नुपर्ने वताए । पार्टी र जनप्रतिनिधिका विच समन्वयमा काम गर्ने र फेरी पनि पार्टीलाई बलियो बनाएर आउने निर्वाचनमा थप बलका साथ जित्ने वनाउनका लागि वडा देखि माथिल्लो तह सम्मको पदमा रहेकाले क्रियाकलाप संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशिले काँग्रेसमा विधि निती र सिद्धान्तको समस्या नभएको भन्दै आन्तरिक केहि समस्याहरु समाधानका लागि पार्टी केन्द्रीय समितिमा छलफल जारी रहेको उल्लेख गरे । रामेछाप नगरपालिकाका प्रमुख एवं पूर्व जिल्ला सभापति लबश्री न्यौपानेले पार्टीमा विमति भए पार्टी भित्रै वसेर संघर्ष गर्नुपर्ने तर बेग्लै हैसियत खोज्नेहरु बडारिने वताए । ‘जो मेनस्टिममा अटाउदै उ सकिन्छ’ न्यौपानेले भने – पार्टी क्लव होईन , पार्टीको स्वीकृति भन्दा बाहिर गएर कुरा गर्ने ,भाषण गर्ने हो भने क्लव खोल्न सकिन्छ । ४१ औं विपी स्मृति दिवसका अवसरमा रामेछाप काँग्रेसका असन्तुष्ट समूहले गुन्सीमा बेग्लै कार्यक्रम आयोजना गरेको प्रति न्यौपानेले रोष प्रकट गरे ।
कार्यक्रमका सभापति तथा सांसद पूर्णवहादुर तामाङ (कान्छाराम)ले पार्टीको आधिकारीक कार्यक्रम भन्दा बाहिर गएर कार्यक्रम गर्नु विना भिषामा बिदेश भ्रमण गर्नु जस्तै भएको संज्ञा दिए । विना भिषामा विदेशिनेको के हुन्छ ? सवैले वुझेकै छ उनले भने । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति लेखवहादुर कार्की, जिल्ला सचिव दिपक खड्का, रामेछाप नगर समिति सभापति कमलविक्रम कार्की र युवा नेता गौतमकुमार श्रेष्ठले समेत धारणा राखेका थिए । विपी स्मृति दिवसका अवसरमा रामेछाप नगरपालिका ८ को धारापानीमा विभिन्न जातका विरुवाहरु रोपिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस