गुरुकुल शिक्षा सुरु गर्दै रामेछापको शारदा मावि
रामेछाप – रामेछाप जिल्लाकाे एकमात्र संस्कृत शिक्षा पठनपाठन हुने शारदा माविले गुरु पूर्णिमाको अबसर पारेर गुरुकुल शिक्षा पठनपाठन सुरु गरेको छ । उक्त विद्यालयले साेमबार गुरुकुल शिक्षाको औपचारिक उद्घाटन गरेर पठनपाठन सुरु गरेकाे हाे ।
रामेछाप नगरपालिका ८ बावियाखर्कमा रहेकाे उक्त विद्यालयले २०७८ साल देखि संस्कृत र कर्मकाण्ड शिक्षा पठनपाठन गराउदै आएकाे थियाे । उक्त विद्यालयले साेमबारदेखि गुरुकुल शिक्षा पनि सुरु गरिएकोे बिद्यालयका प्रधानाध्याक नारायण प्रसाद घिमिरेले बताए । बिद्यालयले गुरुकुल शिक्षा सञ्चालन गर्न चन्दा संकलन तथा विद्यालयको आन्तरिक आम्दानी सहित २० लाख बराबरको कोष जम्मा गरेकाे प्रध्यानध्यापक घिमिरेले जानकारी दिए । त्यसैगरि विद्यालयले हरेक वर्ष ३०-४० विद्यार्थीलाई गुरुकुल शिक्षा प्रदान गर्ने लक्ष्य लिएकाे घिमिरेले बताए ।
गुरुकुल शिक्षा पठनपाठन संचालनकाे ओैपचारीक उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले यस शिक्षालाई निरन्तरता दिन नगरको तर्फबाट पनि आबश्यक सहायोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्नुका साथै स्वस्ति वाचन समेत गरेका थिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस