गर्मीका कारण मन्थलीमा विद्यालय बन्द

रामेछाप – केहीदिन देखी मन्थलीमा अत्याधिक गर्मी बढेपछि ३ वटा निजी विद्यालयले जेठ मसान्त सम्मका लागि नियमित पठनपाठन बन्द गरेका छन् ।
रामेछाप सदरमुकाम मन्थलीको केही दिनदेखि तापक्रम अत्यधिक बढेकाे र अझै केहीदिन तापक्रम बढ्ने क्रम जारी रहेने माैसम विदहरुले जनाए पछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले करिब ७ दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएको तामाकोशी आवाशिय स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए ।
गर्मीका कारण मन्थलीका तामाकोशी आवासिय स्कुल, लिटिल स्टार बोडिङ्ग स्कुल र कर्कलादेवी बोडिङ्ग स्कुलले नियमित पठनपाठन बन्द गरेका छन् ।
जिल्लाका अन्य निजी तथा सामुदायिक विद्यालयले भने नियमित पठन पाठन गराइ रहेका छन ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस