नेविसंघको स्थापनामा दिवसमा मन्थलीमा दिप प्रज्वलन
रामेछाप – नेपाल विद्यार्थी संघकाे स्थापना दिवसको अवसरमा मन्थलीकाे विपि चाेकमा दिप प्रज्वलन गरेकाे छ । स्थापना दिवसकाे अवसरमा नेविसंघ रामेछापले दिप प्रज्वलन गरेकाे हाे ।
दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि ध्रवहरी ढुङ्गेलले नेपाली विद्यार्थीहरुकाे सांगठनिक हिसाबले याे पुरानाे संगठन भएकाे बताएका छन् । तत्कालीन समयमा नेपाली कांग्रेसले बहुदलीय व्यवस्था स्थापना गराउनका लागि विचार मिल्ने विद्यार्थीहरुलाइ शैक्षिक एजेन्डा उठाउनका लागि स्थापना गरेकाे भएपनि यश संगठनले समयसगै विद्यार्थी माग र शिक्षा क्षेत्रकाे विकास र सुधाका लागि प्रयाप्त कामहरु गर्दै आएकाे बताए ।

त्यसैगरि कार्यक्रम सहभागीहरुलाई धन्यवाद दिदै नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बिनाेध बुढाथोकीले नेपाल विद्यार्थी संघ विद्यार्थीहरुले गर्व गर्न लाएक इतिहास भएका संस्था भएकाे भन्दै उनले शैक्षिक सुधार, शैक्षिक विकास र परिवर्तनका लागि नेविसंघ इतिहास देखि हाल सम्म अनवरत लागिपरिहरेकाे बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव दिपक खड्का, ट्रेड युनियन जिल्ला अध्यक्ष पुर्ण सुवेदी , मन्थली उमाविका प्रध्यानध्यापक टंक दाहाल , स्ववियु सभापनि अभिनाश कार्की , नेविसंघका नेताहरु विमल पाैडेल, युवराज सुवेदी सराेज श्रेष्ठ लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस