ओली निवासमा किन पुगे प्रधानमन्त्रि,सभामुख र कांग्रेस सभापति देउवा
काठमाडौ – प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड),सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सोमबार विहान प्रधानमन्त्रि प्रचण्ड ,सभामुख घिमिरे र कांग्रेस सभापति देउवाले ओली निवास पुगेका हुन ।
नेकपा एमालेका अध्यक्ष एंव पुर्व प्रधानमन्त्रि ओली भाइरल ज्वरोका कारण विरामी परेपछि स्वास्थ्य लाभको कामना गर्न ्रधानमन्त्रि प्रचण्ड ,सभामुख घिमिरे र कांग्रेस सभापति देउवा निवास पुगेका हुन ।
ओली निवासमा भएको भेटघाटमा संसदमा रहेको विधेयकका विषयमा पनि छलफल भएको छ । भेटमा संवैधानिक परिषद सम्बन्धि विधेयक सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको नागरिकको छानविनका विषयमा छलफल भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस