शैक्षिक सुधारका लागि पहल गर्छु: अध्यक्ष घिमिरे
रामेछाप – गौरीशंकर बहुमुखी क्याम्पस रामेछापका नव निर्वाचित अध्यक्ष सन्देश घिमिरेले क्याम्पसमा शैक्षिक सुधारका लागि पहल गर्ने बताएका छन् । घिमिरेले आफ्नाे कार्यकाल भित्र शैक्षिक सुधार गरेर क्याम्पसलाई नमुनायाेग्य बनाउने बताएका हुन् ।
शनिवार क्याम्पसकाे सभाबाट निर्विरोध रुपमा अध्यक्ष भएका घिमिरेले निर्वाचित सञ्चालक समिति र त्यसको अध्यक्षको हैसियतले बैठकको निर्णय र आपसी सहमतिका आधारमा क्याम्पसको शैक्षिक सुधारका कार्यहरु गर्ने जनाएका छन् । त्यस्तै गुणस्तरीय शिक्षा प्रदानका लागि भाैतिक संरचना पनि पर्ने भएकाले भवन निर्माणको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरि अध्यक्ष घिमिरेले तत्काल कार्ययोजना बनाएर काम गर्ने समेत बताए । जिल्लाकै पुरानाे क्याम्पसका रुपमा चिनिएको क्याम्पस भएपनि क्याम्पस हाता भित्र अहिले पनि दर्जनौं समस्याहरु लेखा परेकाे बताउदै घिमिरे उक्त समस्याहरु समाधान गर्दै सम्पूर्ण तवरले शैशिक सुधारमा लाग्ने बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस