एकैदिन दुई विद्यालय हस्तान्तरण
रामेछाप । पश्चिमी रामेछापमा निर्माण सम्पन्न भएका दुई माध्यमिक विद्यालय भवन एकै साथ शनिबार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
सुनापति गाउंपालिका १ गुन्सीमा रहेको शतलिङ्गेश्वर मावि र दोरम्बा शैलुङ गाउंपालिका ३ टोकरपुरमा रहेको निलकण्ठेश्वर माविको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको हो ।
राष्ट्रिय पुननिर्माण प्रँधिकरणले २०७२ सालको विनासकारी भूकम्पबाट क्ष्ँतिग्रस्त विद्यालय भवन पुननिर्माण गर्ने क्रममा उक्त विद्यालयहरुका सुविधा सम्पन्न भवन निर्माण पुरा भएका हुन ।
शनिबार गुन्सीमा आयोजित कार्यक्रममा बागमति प्रदेश सदस्य युवराज चौलागाईले नवनिर्मित भवन उद्घाटन समेत गरेका छन् । उक्त भवन करिव १० करोडको लागतमा निर्माण भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस