रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण

रामेछाप – रामेछाप जेसिजले विद्यार्थीहरुलाइ ट्राकसुट वितरण गरेकाे छ । आइतबार विद्यालयमा पुगेर विद्यार्थीका लागि रामेछाप जेसिजले ट्राक सुट वितरण गरेकाे हाे ।

मन्थली नगरपालिका ४ काे आधारभुत विद्यालय सामलीस्थानमा र देविस्थान आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीका लागि जेसिजले ट्राकसुट वितरण गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघका पुर्व अध्यक्ष लक्ष्मण घिमिरेले अभिभावलाई आफ्नाे बाच्चाकाे पढाइ कस्ताे छ भनेर विद्यालयसँग बुझ्ने र घरमा पनि बच्चाको पढाइमा ध्यान दिन आग्रह गरेका छन् । त्यसैगरि शिक्षकले पनि विद्यार्थी विद्यालय आएन अथवा पढाईमा सुधार गर्न सकिरहेको छैनभने अभिभावकसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।
त्यसेैगरि कार्यक्रममा वडा अध्यक्ष राजन घिमिरेले कुनैपनि बालबालिकालाई पढ्नबाट बच्चित नगर्न अभिभावकलाई आग्रह गरेका छन् । त्यसैगरि विद्यार्थीकाे कपि कलम सकिए वडा अध्यक्षलाई संझनु भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे ।
कार्यक्रममा रामेछाप जेसिज वर्ष २०२३ का नवनिर्वाचित रामकुमार बस्नेत ,२०१९ का अध्यक्ष राजकुमार केसि, जेसिज वर्ष २०२० का अध्यक्ष गाेपाल खड्का , जेसिज वर्ष २०२२ का अध्यक्ष रामहरि सापकोटा लगाएत पदाधिकारीहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस