रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
रामेछाप – रामेछाप जेसिजले विद्यार्थीहरुलाइ ट्राकसुट वितरण गरेकाे छ । आइतबार विद्यालयमा पुगेर विद्यार्थीका लागि रामेछाप जेसिजले ट्राक सुट वितरण गरेकाे हाे ।
मन्थली नगरपालिका ४ काे आधारभुत विद्यालय सामलीस्थानमा र देविस्थान आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीका लागि जेसिजले ट्राकसुट वितरण गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघका पुर्व अध्यक्ष लक्ष्मण घिमिरेले अभिभावलाई आफ्नाे बाच्चाकाे पढाइ कस्ताे छ भनेर विद्यालयसँग बुझ्ने र घरमा पनि बच्चाको पढाइमा ध्यान दिन आग्रह गरेका छन् । त्यसैगरि शिक्षकले पनि विद्यार्थी विद्यालय आएन अथवा पढाईमा सुधार गर्न सकिरहेको छैनभने अभिभावकसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।
त्यसेैगरि कार्यक्रममा वडा अध्यक्ष राजन घिमिरेले कुनैपनि बालबालिकालाई पढ्नबाट बच्चित नगर्न अभिभावकलाई आग्रह गरेका छन् । त्यसैगरि विद्यार्थीकाे कपि कलम सकिए वडा अध्यक्षलाई संझनु भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे ।
कार्यक्रममा रामेछाप जेसिज वर्ष २०२३ का नवनिर्वाचित रामकुमार बस्नेत ,२०१९ का अध्यक्ष राजकुमार केसि, जेसिज वर्ष २०२० का अध्यक्ष गाेपाल खड्का , जेसिज वर्ष २०२२ का अध्यक्ष रामहरि सापकोटा लगाएत पदाधिकारीहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस