पहिलो महिनाको तलब विद्यार्थीकाे पढाईमा खर्चिन्छु : सांसद चाैलागाइ

रामेछाप – रामेछाप प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य युवराज चाैलागाइले सांसद भए बापत सरकारले दिने पहिलो महिनाकाे तलब रकम विद्यार्थीका पढाइका लागि खर्च गर्ने बताएका छन् । चाैलागाइले आइतबार एक विद्यालयकाे स्थापना दिवसकाे अवसरमा बाेल्दै यस्ताे बताएका हुन् ।

मन्थली नगरपालिका ९ पुरानागाउमा श्री स्थानापति माध्यमिक विद्यालयकाे ६२ अाै स्थापना दिवसका अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य चाैलागाइले आफ्नाे पहिलो महिनाकाे तलब विद्यार्थीकाे पढाइका लागि खर्च गर्ने बताएका छन् । चाैलागाई सांसदमा निर्वाचित भएपछि पहिलोपटक उक्त विद्यालयकाे स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा सहभागी भएका हुन ।
कार्यक्रममा उनले विद्यालयकाे चाैतर्फी विकासका लागि सहयाेग गर्न आफू तयार रहेकाे बताए । त्यसैगरि कार्यक्रममा साेहि वडामा रहेकाे धार्मिक स्थाल थानापति महादेव मन्दिरकाे प्रचारकाे अभाव भएकाे र उक्त मन्दिरलाई धार्मिक पर्यटन स्थलका रुपका विकास गर्न सकिने समेत सांसद चाैलागाइले बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस