सत्ता गठबन्धन दलकाे चुनावी प्रचार सुरु

रामेछाप – रामेछापमा सत्ता गठबन्धनदले वडा तहबाट चुनावी प्रचार सुरु गरेकाे छ । साेमबार लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट प्रचार अभियान सुरु भएको हो ।

जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ ।
चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । तामाङले आफू सरकारको कुनै पनि जिम्मेवारीमा नहुँदा पनि जिल्लामा व्यक्तिगत खर्चमा धेरै सामाजिक काम र भौतिक विकासको काम गरेको बताउँदै अब सरकारकै प्रतिनिधि भएर काम गर्ने चाहना रहेकाले भन्दै उनले मंसिर ४ को निर्वाचनमा अाफुलाइ रुख चिन्नमा मतदान गर्न अनुरोध गरेकाछन् ।
त्यस्तै गठबन्धनको तर्फबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले अहिलेको निर्वाचन एउटा पात्रले मात्रै जित्ने निर्वाचन नभइ जिल्लाको पाँच बर्षको विकासको खाकाले जित्ने भएकाले सबै मतदाताले निर्वाचनमा भाग लिएर गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवं नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ कुशलले अहिले राजतन्त्र फर्काउने एजेण्डा सहित एमाले चुनावी अभियानमा आएको आरोप लगाउदै रामेछापमा एमालेलाई जनताले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।श्रेष्ठले प्रतिनिधिसभाको उम्मेद्वार कान्छाराम तामाङ समाज सेवी र विकास प्रेमी नेता भएकाे भन्दै अत्याधिक मतले बिजय गराउन आम मतदातालाई अनुरोध गरेका छन् । त्यस्तै प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले यस अघि संविधान सभाको सदस्य हुँदा सविधान बनाउने काम गरेर देशलाई स्थिरताको बाटोमा पुर्याएको बताउँदै अब जिल्लाको विकासको लागि पनि जिताउन अनुरोध गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस