प्रतिनिधि सभा सदस्यका लागि रामेछापबाट ५ स्वतन्त्र सहित २२ जनाकाे उम्मेदवारी
रामेछाप – रामेछाप जिल्लाबाट प्रतिनिधि सभा सदस्यकाे निर्वाचनका लागि ५ जना स्वतन्त्र सहित २२ जनाले उम्मेदवारी परेकने छ । विभिन्न राजनैतिक दलहरुबाट १७ जना र स्वतन्त्र ५ गरि २२ जनाकाे उम्मेदवारी परेकाे रामेछापका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
अागामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनका लागि रामेछापबाट २२ जनाकाे उम्मेदवारी परेकाे छ । जस्मा नेपाली कांग्रेसबाट पुर्ण बहादुर तामाङ (कान्छाराम) ,नेपाल कम्युनिस्ट पार्टी एमालेबाट कैलाश ढुङ्गेल,नेपाली कांग्रेस विपिबाट केदार बिक्रम खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकाे तर्फबाट जितेन कुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) काे तर्फबाट देवशंखर पाैडेलकाे उम्मेदवारी परेकाे छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट लाल बहादुर घिसिङ ,नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धरम बहादुर तामाङ ,नेपाली जनता दलबाट बाबु राम तामाङ , मंगाेल नेसनल अर्गनाइजेसनबाट भक्त बहादुर थापा मगरले उम्मेदवारी दिएका छन् । त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी ( माक्र्सवादी ,लेनिनवादी) बाट माेहन कार्की ,नेपाल कम्युनिस्ट पार्टी माअाेवादी समाजवादीबाट रमेश महते,राष्ट्रिय समाजवादी पार्टी नेपालबाट रुद्र बहादुर पुलामी मगर त्यस्तै जनसमाजवादी पार्टी नेपालबाट बिष्णु प्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा श्रेष्ठ ,संघिय लाेकतान्त्रिक राष्ट्रिय मंचबाट साङ्गे शेर्पा , नेपलिष्ट पिपल्स पार्टीबाट सुवास घिसिङ र नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।
यसैगरि ५ जनाकाे स्वतन्त्र तर्फबाट उम्मेदवारी परेकाे छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा चन्द्रबहादुर राउत , अाङ्छाेङ्बा शेर्पा,कृष्णबहादुर भुजेल,बिक्रम राना र रामकुमार लामाकाे उम्मेदवारी परेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस