प्रतिनिधि सभा सदस्यका लागि रामेछापबाट ५ स्वतन्त्र सहित २२ जनाकाे उम्मेदवारी

रामेछाप – रामेछाप जिल्लाबाट प्रतिनिधि सभा सदस्यकाे निर्वाचनका लागि ५ जना स्वतन्त्र सहित २२ जनाले उम्मेदवारी परेकने छ । विभिन्न राजनैतिक दलहरुबाट १७ जना र स्वतन्त्र ५ गरि २२ जनाकाे उम्मेदवारी परेकाे रामेछापका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
अागामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनका लागि रामेछापबाट २२ जनाकाे उम्मेदवारी परेकाे छ । जस्मा नेपाली कांग्रेसबाट पुर्ण बहादुर तामाङ (कान्छाराम) ,नेपाल कम्युनिस्ट पार्टी एमालेबाट कैलाश ढुङ्गेल,नेपाली कांग्रेस विपिबाट केदार बिक्रम खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकाे तर्फबाट जितेन कुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) काे तर्फबाट देवशंखर पाैडेलकाे उम्मेदवारी परेकाे छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट लाल बहादुर घिसिङ ,नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धरम बहादुर तामाङ ,नेपाली जनता दलबाट बाबु राम तामाङ , मंगाेल नेसनल अर्गनाइजेसनबाट भक्त बहादुर थापा मगरले उम्मेदवारी दिएका छन् । त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी ( माक्र्सवादी ,लेनिनवादी) बाट माेहन कार्की ,नेपाल कम्युनिस्ट पार्टी माअाेवादी समाजवादीबाट रमेश महते,राष्ट्रिय समाजवादी पार्टी नेपालबाट रुद्र बहादुर पुलामी मगर त्यस्तै जनसमाजवादी पार्टी नेपालबाट बिष्णु प्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा श्रेष्ठ ,संघिय लाेकतान्त्रिक राष्ट्रिय मंचबाट साङ्गे शेर्पा , नेपलिष्ट पिपल्स पार्टीबाट सुवास घिसिङ र नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।
यसैगरि ५ जनाकाे स्वतन्त्र तर्फबाट उम्मेदवारी परेकाे छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा चन्द्रबहादुर राउत , अाङ्छाेङ्बा शेर्पा,कृष्णबहादुर भुजेल,बिक्रम राना र रामकुमार लामाकाे उम्मेदवारी परेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस