प्रतिनिधि सभा सदस्यका लागि रामेछाप एमालेबाट ५ जनाकाे नाम सिफारिस
रामेछाप – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले रामेछापले प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको साेमबार बसेकाे बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फबाट उमेदवारी दाबी गर्ने ५ जनाकाे नाम केन्द्रीय समितिमा सिफारिस गरेकाे छ । सिफारिस हुनेहरुमा नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य ,पुर्व मन्त्री एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल , केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतम, कमलप्रसाद चौलागाईँ र केशरबहादुर बुढाथोकीको रहेका छन् ।
त्यसैगरी बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, नाम्गेल शेर्पा, कमल प्रकाश सुनुबार, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस