प्रतिनिधि सभा सदस्यका लागि रामेछाप एमालेबाट ५ जनाकाे नाम सिफारिस

रामेछाप – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले रामेछापले प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको साेमबार बसेकाे बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फबाट उमेदवारी दाबी गर्ने ५ जनाकाे नाम केन्द्रीय समितिमा सिफारिस गरेकाे छ । सिफारिस हुनेहरुमा नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य ,पुर्व मन्त्री एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल , केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतम, कमलप्रसाद चौलागाईँ र केशरबहादुर बुढाथोकीको रहेका छन् ।
त्यसैगरी बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, नाम्गेल शेर्पा, कमल प्रकाश सुनुबार, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस