रामेछाप काँग्रेस
कान्छाराम सहित प्रत्यक्षमा ५ र समानुपातिकमा ९ जनाको सिफारीस
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवार सिफारीस गरेको छ । उम्मेदवारको नाम प्रदेश समितिलाई सिफारीस गरिएको हो ।
शनिबार वसेको जिल्ला समितिको बैठकबाट प्रत्यक्ष तर्फ जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, पूर्व जिल्ला सचिव एकवहादुर वस्नते , जिल्ला पार्टी प्रवक्ता नारायण वहादुर बोगटी र पूर्व जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठको नाम सिफारीस गरीएको हो ।
प्रत्यक्ष तर्फ उम्मेदवारको सिफारीसमा परेका कान्छाराम यस अघीको निर्वाचनमा पराजित भएका थिए । खड्का भने संविधान सभा निर्वाचनमा पराजित हुन । अन्य ३ जना नयाँ अनुहारले प्रत्यक्ष तर्फ निर्वाचनमा जाने रुचि देखाएका छन् । काँग्रेसले आकांक्षि जति सवैलाई सिफारीस गरेको हो त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक तर्फ नौ जनाको नाम सिफारीसमा परेको छ । आङटावा शेर्पा, गेल्जे शेर्पा, डा. सुमन कर्माचार्य, मञ्जु पूर्वे, मुक्त महते , सुशिला खड्का मिश्र, विद्यासागर योञ्जन , सुरेन्द्र घिसिङ र हिमाल दाश श्रेष्ठले समानुपातिको लागि आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारमा सिफारीस भएका आङटावा शेर्पा संविधानसभा सदस्य हुन । समानुपातिकमा आकांक्षा राख्ने सवैको नाम सिफारीस गरीएको हो ।
यसअघी प्रदेश सभा क र ख का लागि प्रत्यक्ष र समानुपातिक दुवैमा गरी ६४ जना आकांक्षिको नाम प्रदेश कार्यसमितिबाट सिफारीस भएकोमा उक्त नामहरुलाई पनि जिल्ला समितिले सिफारीस गरेर प्रदेशमा पठाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस