प्रदेश सभा ख रामेछापमा नेपाली कांग्रेसबाट ६ महिला सहित ३० जना अाकाक्षी
रामेछाप – नेपाली कांग्रेस प्रदेश सभा (ख) रामेछापमा प्रदेश सभा सदस्यका लागि ६ महिला सहित २९ जनाले अाकाक्षा राखेका छन् ।
प्रदेश समितिले बिहीबार प्रदेश सभा सदस्यमा प्रत्येक्ष तथा समानुपातिक तर्फबाट उमेदवार हुन चाहानेहरुकाे नामावली संकलन गरेकाे छ । संकलन भएकाे नामावली अनुसार ६ महिला सहित २९ जनाकाे नाम संकलन गरिएकाे नेपाली कांग्रेस प्रदेश सभा ख रामेछापका सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
संकलन भएकाे नामावलीमा प्रत्येक्षतर्फ १३ जना र समानुपातिक तर्फ १६ जनाले नाम टिएका छन् । जस्मा प्रत्येक्षतर्फ अर्जुन कुमार केसि , भरत प्रसाद चाैलागाइ , केशब चालिसे, वीर बहादुर तामाङ , नारायण खड्का, भुवन कुमार खड्का, जीत बहादुर मगर, ध्रुव राज लामा, राजनारायण श्रेष्ठ , टिकाराज अारन रत्नरहि ढुङ्गेल,डिक बहादुर तामाङ र ध्रुवहरि ढुङ्गेल र केशब केसि रहेका छन् ।
त्यसैगरि समानुपातिकतर्फ बिनिता खड्का, रामकुमारी डागी, झनक बहादुर श्रेष्ठ ,मिना कार्की , कृष्णकुमार घिसिङ तामाङ , शकुन्तला त्रिपाठी , बलबहादुर दमाई परियार , गंगा कुमारी अधिकारी , निरमाण माझी , रबिन कुमाार लामा ,चन्द्र कुमार याइवा , उत्तमश्री माेक्तान , सरद कुमार तामाङ , ढाल बहादुर खपाङ्गी मगर, जितेन्द्र कुमार माेक्तान, र ज्ञानु श्रेष्ठ रहेकाे सभापति श्रेष्ठले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अागामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवार हुन इच्छुककाे नाम भाद्र १६ गते सम्म सिफारिस गर्न परिपत्र गरेपछि बिहिवार प्रदेश समितिले इच्छुकहरुकाे नाम संकलन गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस