प्रदेश सभा ख रामेछापमा नेपाली कांग्रेसबाट ६ महिला सहित ३० जना अाकाक्षी

रामेछाप – नेपाली कांग्रेस प्रदेश सभा (ख) रामेछापमा प्रदेश सभा सदस्यका लागि ६ महिला सहित २९ जनाले अाकाक्षा राखेका छन् ।
प्रदेश समितिले बिहीबार प्रदेश सभा सदस्यमा प्रत्येक्ष तथा समानुपातिक तर्फबाट उमेदवार हुन चाहानेहरुकाे नामावली संकलन गरेकाे छ । संकलन भएकाे नामावली अनुसार ६ महिला सहित २९ जनाकाे नाम संकलन गरिएकाे नेपाली कांग्रेस प्रदेश सभा ख रामेछापका सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
संकलन भएकाे नामावलीमा प्रत्येक्षतर्फ १३ जना र समानुपातिक तर्फ १६ जनाले नाम टिएका छन् । जस्मा प्रत्येक्षतर्फ अर्जुन कुमार केसि , भरत प्रसाद चाैलागाइ , केशब चालिसे, वीर बहादुर तामाङ , नारायण खड्का, भुवन कुमार खड्का, जीत बहादुर मगर, ध्रुव राज लामा, राजनारायण श्रेष्ठ , टिकाराज अारन रत्नरहि ढुङ्गेल,डिक बहादुर तामाङ र ध्रुवहरि ढुङ्गेल र केशब केसि रहेका छन् ।
त्यसैगरि समानुपातिकतर्फ बिनिता खड्का, रामकुमारी डागी, झनक बहादुर श्रेष्ठ ,मिना कार्की , कृष्णकुमार घिसिङ तामाङ , शकुन्तला त्रिपाठी , बलबहादुर दमाई परियार , गंगा कुमारी अधिकारी , निरमाण माझी , रबिन कुमाार लामा ,चन्द्र कुमार याइवा , उत्तमश्री माेक्तान , सरद कुमार तामाङ , ढाल बहादुर खपाङ्गी मगर, जितेन्द्र कुमार माेक्तान, र ज्ञानु श्रेष्ठ रहेकाे सभापति श्रेष्ठले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अागामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवार हुन इच्छुककाे नाम भाद्र १६ गते सम्म सिफारिस गर्न परिपत्र गरेपछि बिहिवार प्रदेश समितिले इच्छुकहरुकाे नाम संकलन गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस