प्रदेश सभा ख रामेछापमा नेपाली कांग्रेसबाट ६ महिला सहित ३० जना अाकाक्षी

रामेछाप – नेपाली कांग्रेस प्रदेश सभा (ख) रामेछापमा प्रदेश सभा सदस्यका लागि ६ महिला सहित २९ जनाले अाकाक्षा राखेका छन् ।
प्रदेश समितिले बिहीबार प्रदेश सभा सदस्यमा प्रत्येक्ष तथा समानुपातिक तर्फबाट उमेदवार हुन चाहानेहरुकाे नामावली संकलन गरेकाे छ । संकलन भएकाे नामावली अनुसार ६ महिला सहित २९ जनाकाे नाम संकलन गरिएकाे नेपाली कांग्रेस प्रदेश सभा ख रामेछापका सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
संकलन भएकाे नामावलीमा प्रत्येक्षतर्फ १४ जना र समानुपातिक तर्फ १६ जनाले नाम टिएका छन् । जस्मा प्रत्येक्षतर्फ अर्जुन कुमार केसि , भरत प्रसाद चाैलागाइ , केशब चालिसे, वीर बहादुर तामाङ , नारायण खड्का, भुवन कुमार खड्का, जीत बहादुर मगर, ध्रुव राज लामा, राजनारायण श्रेष्ठ , टिकाराज अारन, रत्नरहि ढुङ्गेल, डिक बहादुर तामाङ र ध्रुवहरि ढुङ्गेल र केशब केसि रहेका छन् ।
त्यसैगरि समानुपातिकतर्फ बिनिता खड्का, रामकुमारी डागी, झनक बहादुर श्रेष्ठ ,मिना कार्की , कृष्णकुमार घिसिङ तामाङ , शकुन्तला त्रिपाठी , बलबहादुर दमाई परियार , गंगा कुमारी अधिकारी , निरमाण माझी , रबिन कुमाार लामा ,चन्द्र कुमार याइवा , उत्तमश्री माेक्तान , सरद कुमार तामाङ , ढाल बहादुर खपाङ्गी मगर, जितेन्द्र कुमार माेक्तान, र ज्ञानु श्रेष्ठ रहेकाे सभापति श्रेष्ठले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अागामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवार हुन इच्छुककाे नाम भाद्र १६ गते सम्म सिफारिस गर्न परिपत्र गरेपछि बिहिवार प्रदेश समितिले इच्छुकहरुकाे नाम संकलन गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस