प्रदेश सभामा नाम सिफारिसका लागि रामेछाप कांग्रेसले ताेक्याे यस्ताे मापदण्ड

अागामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवारीका लागि ईच्छुकहरुले विभिन्न मापदण्ड पूरा गर्नु पर्ने प्रदेश समिति रामेछापकाे बैठकले निर्णय गरेकाे छ ।

बुधबार पार्टी कार्यालय मन्थलीमा बसेकाे नेपाली कांग्रेस प्रदेश समिति क र ख काे संयुक्त बैठकले नेपाली कांग्रेसकाे तर्फबाट प्रदेश सभा सदस्यमा उमेदवार हुन चाहानेहरुका लागि विभिन्न मापदण्ड पूरा गर्नु पर्ने बैठकले निर्णय गरेकाे प्रदेश ख का प्रवक्ता शिवराज खड्काले बताए ।
उक्त बैठकले प्रदेश सभा सदस्यकाे उमेदवारका हुनका लागि नेपाली कांग्रेसकाे क्षेत्रिय प्रतिनिधि भएकाे हुनुपर्ने,
क्रियाशील सदस्यताकाे परिचयपत्र सहित व्यक्तिगत राजनितीक विवरण ,नागरिकताकाे प्रतिलिपी , मतदाता परिचयपत्रकाे प्रतिलिपी र कार्यालय व्यवस्थापनका लागि न्युनतम ५ हजार रुपैया सहयाेग लिने निर्णय गरिएकाे प्रवक्ता खड्काले बताएका छन् ।
अाकांक्षी उमेदवारका लागि नाम दर्ता गर्न १६ गते बिहिवार बिहान १० बजे देखि २ बजे सम्म अावस्यक कागजजात सहित पार्टी कार्यालय मन्थलीमा सम्पर्क गर्न सकिने बैठकमा निर्णय भएकाे छ ।
नेपाली कांग्रेस प्रदेश ख का सभापति राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा बकेकाे बैठकमा प्रदेश क का सभापति निरज खड्का , प्रदेश पदाधिकारीहरु, पुर्व सभापतिहरु तथ प्रदेश प्रतिनिधिहरुकाे सहभागी रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस