प्रदेश सभामा नाम सिफारिसका लागि रामेछाप कांग्रेसले ताेक्याे यस्ताे मापदण्ड
अागामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवारीका लागि ईच्छुकहरुले विभिन्न मापदण्ड पूरा गर्नु पर्ने प्रदेश समिति रामेछापकाे बैठकले निर्णय गरेकाे छ ।
बुधबार पार्टी कार्यालय मन्थलीमा बसेकाे नेपाली कांग्रेस प्रदेश समिति क र ख काे संयुक्त बैठकले नेपाली कांग्रेसकाे तर्फबाट प्रदेश सभा सदस्यमा उमेदवार हुन चाहानेहरुका लागि विभिन्न मापदण्ड पूरा गर्नु पर्ने बैठकले निर्णय गरेकाे प्रदेश ख का प्रवक्ता शिवराज खड्काले बताए ।
उक्त बैठकले प्रदेश सभा सदस्यकाे उमेदवारका हुनका लागि नेपाली कांग्रेसकाे क्षेत्रिय प्रतिनिधि भएकाे हुनुपर्ने,
क्रियाशील सदस्यताकाे परिचयपत्र सहित व्यक्तिगत राजनितीक विवरण ,नागरिकताकाे प्रतिलिपी , मतदाता परिचयपत्रकाे प्रतिलिपी र कार्यालय व्यवस्थापनका लागि न्युनतम ५ हजार रुपैया सहयाेग लिने निर्णय गरिएकाे प्रवक्ता खड्काले बताएका छन् ।
अाकांक्षी उमेदवारका लागि नाम दर्ता गर्न १६ गते बिहिवार बिहान १० बजे देखि २ बजे सम्म अावस्यक कागजजात सहित पार्टी कार्यालय मन्थलीमा सम्पर्क गर्न सकिने बैठकमा निर्णय भएकाे छ ।
नेपाली कांग्रेस प्रदेश ख का सभापति राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा बकेकाे बैठकमा प्रदेश क का सभापति निरज खड्का , प्रदेश पदाधिकारीहरु, पुर्व सभापतिहरु तथ प्रदेश प्रतिनिधिहरुकाे सहभागी रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस