पुर्व विद्यार्थी समाजद्वारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

रामेछाप – श्रीकालीदेवि अाधारभुत विद्यालय टेकनपुरमा अध्ययनरत विद्यार्थीलाइ पुर्व विद्यार्थी सलाजले ट्रयाकसुट वितरण गरेकाे छ । शुक्रबार एक कार्यक्रमकाबीच समाजले ट्रयाकसुट वितरण गरेकाे हाे ।
श्रीकालीदेवि अाधारभुत विद्यालयमा कक्षा १ देखि ५ कक्षामा सम्म अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई समाजले ट्रयाकसुट वितरण गरेकाे समाजका अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिएकी छिन् । पुर्व विद्यार्थी समाजकाे पहलमा समाजसेवी एवं नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चाैलागाइकाे सहयाेगमा ट्रयाकसुट वितरण गरिएकाे श्रेष्ठले बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले पुर्व विद्यार्थी समाजले विद्यार्थीका उपलब्ध गराएकाे ट्रयाकसुट र काेराेना कहरका समयमा गरेकाे सहयाेग प्रति धन्यवाद दिदै निरन्तर सहयाेगकाे अपेक्षा व्यक्त गरेका छन् ।
त्यसैगरि विद्यालयका प्राध्यानध्यापक गुञ्ज श्रेष्ठले विद्यालयलाई प्रविधि मैत्री बनाउन र कम्प्युटर शिक्षा प्रदान गर्नका लागि कम्प्युटर र इन्टरनेटकाे अावस्यक परेकाे भन्दै सहयाेगका लागि पुर्व विद्यार्थी समाजसँग अाग्रह गरेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस