नेपाल शिक्षक संघ रामेछापमा श्रेष्ठ
रामेछाप । नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छन् । संघको नवौं जिल्ला अधिवेशनले श्रेष्ठलाई निर्बिरोध निर्बाचित गरेको हो ।
अधिवेशनले महिला खुला उपाध्यक्षमा लक्ष्मी बुढाथोकी कार्की, पुरुष खुला उपाध्यक्षमा अर्जुनवहादुर श्रेष्ठ, सचिवमा मेघप्रसाद भट्टराई, अर्थ सचिवमा नारायणप्रसाद घिमिरे, सह सचिवमा राजकुमार खड्का सहसचिव महिलामा फुलकुमारी गिरी , सहसचिव अर्थ महिलामा शान्तिकु्मारी कार्की, सह सचिव समावेशीमा निराजन लामा र सुदिपकुमार कार्कीलाई समेत निर्बिरोध निर्वाचित गरेको छ ।
अधिवेशनले केशरी तामाङ, कमला राय, गंगा तामाङलाई महिला सदस्यमा र चन्द्र प्रसाद घिमिरे , भुवन थापामगर, कुमार खड्का र यज्ञवहादुर कार्कीलाई खुला सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
शुक्रबार देखि सुरु भएको उक्त अधिवेशनबाट पुरुष तर्फ संघीय महाधिवेशन प्रतिनिधिमा बाबुराम घिमिरे, चन्द्रवहादुर घिसिङ, टंकप्रसाद दाहाल, विजानवि श्रेष्ठ तथा महिला तर्फ प्रविना पौडेल र कमला थापा निर्विरोध चयन भएका छन् । प्रदेश प्रतिनिधि तर्फ जनार्दन घिमिरे, राजेन्द्र वस्नेत, हरीनारायण श्रेष्ठ, रुद्रवहादुर खत्री र बुद्धिराज फुयाँल तथा महिला तर्फ रेणुका ढकाल र मेनु पोख्रेल घिमिरे समेत निर्बिरोध चयन भएका छन् ।
नवौ जिल्ला अधिवेशनको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले आईतबार मन्थलीमा उद्घाटन गरेका थिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस