कलाकार समाजद्वारा पत्रकार ढुङ्गेल सहित १० स्रष्टा सम्मानित
रामेछाप -रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा रामेछापका पत्रकार हिमाल ढुंगेल सहित १० जना स्रष्टाहरु सम्मानि भएका छन ।
सांस्कृतिक समाजकाे शनिबार मन्थलीमा आयोजित स्रष्टा सम्मान ,बृहत सास्कृतिक कार्यक्रम २०७८ साथै चौथो जिल्ला अधिबेशनको अवसरमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हिमाल ढुंगेल सहित अन्य
९ जना कलाकारलाइ सम्मान गरेको छ । कार्यक्रममा सम्मानित हुनेहरुमा बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो), नायिका अनिता बस्नेत, माेडेल चाँदनी मोक्तान,गायिका रन्जिता गुरुङ,गायिका पार्वती कार्की, गितकार डिपी खनाल,लोक दोहोरी गायक खेम सेन्चुरी,गायकहरु क्रमश नबराज घोरासैनी,बिक्रम जंङ शाह रहेका छन् ।
सकाजले आफ्नो साधारण सभा तथा अधिबेसनकाे अवसरमा हरेक वर्ष स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रम समााजका अध्यक्ष रामकुमार पाैडेलकाे अध्यक्षमा भएकाे थियाे भने उद्घाटन प्रदेश सांसद एबं पूर्ब मन्त्री शान्ति प्रसाद पौडेलले गरेका थिए। उत्घाटन पुर्व विभिन्न पालिकाहरुले विभिन्न जातिय झाकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा हास्य कलाकार शिवहरि पाैडेल, नवराज घाेरासैनि ,खेम सेन्चुरी , लगाएतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस