कलाकार समाजद्वारा पत्रकार ढुङ्गेल सहित १० स्रष्टा सम्मानित
रामेछाप -रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा रामेछापका पत्रकार हिमाल ढुंगेल सहित १० जना स्रष्टाहरु सम्मानि भएका छन ।
सांस्कृतिक समाजकाे शनिबार मन्थलीमा आयोजित स्रष्टा सम्मान ,बृहत सास्कृतिक कार्यक्रम २०७८ साथै चौथो जिल्ला अधिबेशनको अवसरमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हिमाल ढुंगेल सहित अन्य
९ जना कलाकारलाइ सम्मान गरेको छ । कार्यक्रममा सम्मानित हुनेहरुमा बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो), नायिका अनिता बस्नेत, माेडेल चाँदनी मोक्तान,गायिका रन्जिता गुरुङ,गायिका पार्वती कार्की, गितकार डिपी खनाल,लोक दोहोरी गायक खेम सेन्चुरी,गायकहरु क्रमश नबराज घोरासैनी,बिक्रम जंङ शाह रहेका छन् ।
सकाजले आफ्नो साधारण सभा तथा अधिबेसनकाे अवसरमा हरेक वर्ष स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रम समााजका अध्यक्ष रामकुमार पाैडेलकाे अध्यक्षमा भएकाे थियाे भने उद्घाटन प्रदेश सांसद एबं पूर्ब मन्त्री शान्ति प्रसाद पौडेलले गरेका थिए। उत्घाटन पुर्व विभिन्न पालिकाहरुले विभिन्न जातिय झाकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा हास्य कलाकार शिवहरि पाैडेल, नवराज घाेरासैनि ,खेम सेन्चुरी , लगाएतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस