नगरवासीकाे नि: शुल्क मृगौला परिक्षण गरिने
रामेछाप -मन्थली नगरपालिकाले नगरभित्रका सबै नागरिकको नि:शुल्क मृगौला परिक्षण गर्ने भएकाे छ । मृगौला बचाउ अभियान अन्तर्गत नगरले सबै नागरिककाे मृगौला परिक्षण गर्ने अाइतबार घाेषणा गरेकाे हाे ।
“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्ने कार्यक्रमकाे घाेषणा अाज एक कार्यक्रम गरि नगरले घाेषणा गरको हाे । मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो नगर भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।
मिर्गौलाको रोग लागेर करौडौ रुपैया राज्यकोष बाट खर्च गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हो भन्दै मिर्गौला वचाउ अभियानका प्रमुख अभियान्त डा.ऋषि काफ्लेले कुल जनसंख्याको १० प्रतिशतमा प्राय मृगौला रोगीहरु फेला पर्ने बताए। यो परीक्षण सामान्य ढंगवाट पिसाव परिक्षण बाट गर्न सकिने र प्रति ब्यक्ति बढिमा १ मिनेटमा समय लाग्ने डाक्टर काफ्लेले बताए । मिर्गौलामा लाग्ने रोगकाे उपचार अत्यन्तै महंगो भएको र राज्यले मृगौला रोगिलाई १ लाख सम्म उपचार खर्च दिने भएपनि प्रत्यारोपणको प्रकृया झन्झटिलो भएको हुँदा रोग लाग्नै नदिनुनै उपर्युक्त हुने बताए
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरमा बस्ने करिव ५१ हजार नागरिकहरुको न मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क मृगौला परिक्षण सुरु गर्ने कार्यक्रम रहेकाे बचाए ।
यसैगरि मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले– नागरिककाे स्वास्थ्यका विषयमा नगर गम्भीर भएकाे बताउदै यश कार्यक्रमलाइ ५ लाख विनियोजन गरेर सुरु गरिएकाे जानकारी दिए ।
मृगौला परिक्षण अभियान २ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएकाे बताएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस