नगरवासीकाे नि: शुल्क मृगौला परिक्षण गरिने
रामेछाप -मन्थली नगरपालिकाले नगरभित्रका सबै नागरिकको नि:शुल्क मृगौला परिक्षण गर्ने भएकाे छ । मृगौला बचाउ अभियान अन्तर्गत नगरले सबै नागरिककाे मृगौला परिक्षण गर्ने अाइतबार घाेषणा गरेकाे हाे ।
“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्ने कार्यक्रमकाे घाेषणा अाज एक कार्यक्रम गरि नगरले घाेषणा गरको हाे । मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो नगर भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।
मिर्गौलाको रोग लागेर करौडौ रुपैया राज्यकोष बाट खर्च गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हो भन्दै मिर्गौला वचाउ अभियानका प्रमुख अभियान्त डा.ऋषि काफ्लेले कुल जनसंख्याको १० प्रतिशतमा प्राय मृगौला रोगीहरु फेला पर्ने बताए। यो परीक्षण सामान्य ढंगवाट पिसाव परिक्षण बाट गर्न सकिने र प्रति ब्यक्ति बढिमा १ मिनेटमा समय लाग्ने डाक्टर काफ्लेले बताए । मिर्गौलामा लाग्ने रोगकाे उपचार अत्यन्तै महंगो भएको र राज्यले मृगौला रोगिलाई १ लाख सम्म उपचार खर्च दिने भएपनि प्रत्यारोपणको प्रकृया झन्झटिलो भएको हुँदा रोग लाग्नै नदिनुनै उपर्युक्त हुने बताए
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरमा बस्ने करिव ५१ हजार नागरिकहरुको न मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क मृगौला परिक्षण सुरु गर्ने कार्यक्रम रहेकाे बचाए ।
यसैगरि मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले– नागरिककाे स्वास्थ्यका विषयमा नगर गम्भीर भएकाे बताउदै यश कार्यक्रमलाइ ५ लाख विनियोजन गरेर सुरु गरिएकाे जानकारी दिए ।
मृगौला परिक्षण अभियान २ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएकाे बताएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस