• काेसिस न्यूज
  • जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने


    रामेछाप – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले परिचय पत्र वितरण गर्ने भएको छ । मंगलबार घाइतेहरुकाे नाम सार्वजनिक गर्दै प्रशासनले परिचयपत्र प्रदान गर्ने जानकारी दिएकाे हाे ।

    गृह मन्त्रालयबाट उपलब्ध तथ्यांकका आधारमा प्रसाशनले रामेछाप ठेगाना भएका १४ जना घाइतेहरुकाे नाम सार्वजनिक गर्दै उक्त घाइतेहरुलाई परिचयपत्र प्रदान गरिने जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा जारी सूचनामा जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरुलाई आफ्नो परिचय सहित वडा कार्यालयको सिफारीस लिएर कार्यालयमा उपस्थिति हुनका आग्रह गरिएकाे छ ।

    घाईतेहरुलाई परिचयपत्रका लागि आफू उपचारत रहेकाे अस्पतालको प्रमाणीत कागजात ,नागरिकताको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिसपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । उनिहरुलाई परिचय पत्र वितरण पश्चात गृह मन्त्रालयबाट निर्णय भए बमोजिमकाे राहत रकम समेत उपलब्ध गराईने सूचनामा उल्लेख उल्लेख छ ।

    मंगलबार प्रशासनले जेनजी आन्दोलनमा घाइते भएकाहरुकाे ठेगाना सहित नामावली प्रकाशन गरेकाे छ । रामेछाप घर भई आन्दोलनका क्रममा घाईते भएकाहरुकाे नामावली यस प्रकार रहेकाे छ ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस