यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण

रामेछाप – मंसिर १४ गते रामेछापको गोकुलगंगा गाउँपालिकाको फर्पुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई बेणी त्रिबेणी यातायातले समितिले सहमति बमोजिमको काजकृया खर्च उपलव्ध गराएको छ ।
बिहिबार उक्त यातायात समितिका अध्यक्ष कमलबहादुर भुजेलले मृतक प्रति श्रद्धाञ्जली दिदै उनीहरुका परिवारलाई काजकृया बापतको रकम उपलब्ध गराएका छन् । काठमाण्डौंबाट बेताली तर्फ जादै गरेको सो यातायातको फोर्स जीप फर्पुमा दुर्घटना हुदा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र वस्नेत सहित ५ जनाको घटनास्थलमानै ज्यान गएको थियो । दुर्घटनामा परी ३ जना घाईते भएका थिए । घाईतेहरुको काठमाण्डौंमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर मृत्यू भएकाको काजकृया बापतकाे रकम यातायात समितिले प्रति मृतक ५० हजार रुपैयाँ उपलव्ध गराएको छ भने एकै परिवारका २ जना मृत्यू भएका परिवारलाई भने १ लाख ५० हजार काजकृया खर्च उपलव्ध गराइएको अध्इक्ष भुजेलले वताएका छन् । भुजेलका अनुसार विमा वापतको अन्य रकम मागदावि गर्नका लागि प्रकृया समेत सुरु गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले समेत मृतकहरु प्रति श्र्रद्धाञ्जली दिदै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस