बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
रामेछाप – उर्जा, जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम)ले रामेछाप जिल्लाका कुनैपनि नागरिक बिजुली बत्ती बाल्नबाट बन्चित हुन नपर्ने बताएका छन् ।
मन्थली नगरपालिकाको दशौं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राज्यमन्त्री तामाङले कसैको घरमा बत्ति नपुगेको भए जानकारी दिन आग्रह गर्दै कुनैपनि नागरिक बिजुली बत्ति बाल्नबाट बन्चित हुन नपर्ने बताएबा हुन् ।
मन्त्री तामाङले एक बर्ष भित्र जिल्लामा ८० प्रतिशत भन्दा बढि नाङ्गा तारलाइ विस्थापित गरेर कालो तार राख्ने तयारी रहेकाे बताए । त्यसैगरी उनले कुनैपनि बिकासका काम आवस्यकताकाे आधारमा माग भएर आए आफुले काम गर्ने
तर कुनैपनि पार्टीकाे नेता कार्यकर्ताका कारण अनावश्यक काम नगर्ने समेत उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा बागमति प्रदेशसभाका सदस्य आनन्दकुमार श्रेष्ठले विकासकाे माेडेलनै परिवर्तन गर्नुपर्ने समय आएकाे बताए । उनले आम जनमानिसमा विकासकाे बुझाई नै पुर्वाधार विकास मात्र विकास हाे भन्ने भएकाे हुदा अब विकासकाे माेडेल परिवर्तन गर्नुपर्ने बताए । आजकाे विकास भनेकाे नागरिकहरु शिक्षा ,स्वास्थ्य ,सामाजिक चेतना साथै आर्थिकरुपमा सबल बनाउनबम लागि आवस्यक रहेकाे बताए ।
मन्थली नगरपालिकाका पूर्व नगर प्रमुख रमेशकुमार बस्नेतले स्थानीय सरकार र संघ तथा प्रदेश सरकारले सुरु गरेका मुलभुत ठुला आयोजनाहरु अहिले पनि अलपत्र रहेकोमा गम्भिर बन्न वर्तमान नेतृत्वलाई सुझाएका थिए । आफुले नगरलाई दिर्घकाल सम्म प्रभाव छोड्ने खालका योजनाको सुरुवात गरेकोमा हाल उक्त योजनाहरु अलपत्र रहदा दु:ख लागेको उनले वताए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले मन्थली नगरपालिकाले नागरिकले देख्ने गरी काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनीहरुले जनताको चाहना अनुरुपका काम गर्न नगरपालिका चुकेकाे भन्दै नागरिकको हितमा काम गर्न नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।
स्थापना दिवसका अवसरमा गत बर्षको एसईइ परिक्षामा सर्बोत्कृष्ठ अंक ल्याउन सफल मन्थली माविका छात्र सुबोध ढुंगेललाई ५० हजार नगद सहित सम्मान गरीएको थियो । त्यसैगरी कक्षा ८ मा उत्कृष्ट अंक ल्याई उत्र्तिण गर्ने विद्यार्थी र विषयगत शिक्षकहरुलाई समारोहमा सम्मान गरीएको थियो । सो अवसरमा मन्थली नगरपालिकाको बर्तमान नेतृत्व आएपछि संचालन गरिएका कार्यक्रमहरुबाट भएका उपलव्धिहरुको बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षता भएको थियाे ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- २ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ३ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ४ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ५ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ६ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ७ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
- ८ स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
प्रतिक्रिया दिनुहोस