‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौँ – नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।
जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । साेमबार बेलुकाबाटै उडान सुरु हुनेछ ।”
उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान सुरु गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास लिएकाे निगमका प्रवक्ता पौडेलले बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस