मिडियामा बालबालिकाकाे विषयले स्थान पाउन सकेन
काठमाडौ – मिडियाले उठाउने विषयबस्तुमा बालबालिकाकाे विषयले खास स्थान पाउन सकेकाे छैन । मिडियामा अन्य विषय जसरी महत्वका साथ स्थान पाउछ, त्यसरी बालबालिकाकाे विषयले स्थान पाउन नसकेकाे हाे ।
संचारमाध्यम मार्फत बालबालिकाे विषयलाई उठान गर्न पहल गर्ने उद्देश्यले काठमाडौंमा बालअधिकार सम्बन्धी संचारकर्मीसँग सिविस नेपालले छलफलकाे आयाेजना गरेकाे हाे । उक्त छलफलमा सहभागीहरुले मिडियामा जसरी राजनितीक, आर्थिक , विकास निर्माण लगाएतका विषयले स्थान पाएकाे छ त्यसरी बालबालिकाकाे विषयले स्थान नपाएकाे बताए । त्यसैगरी छलफलमा सहभागी बालबालिकाले हरेक संचारमाध्यमले बालबालिकाकाे अधिकार सुनिश्चित गर्न, अन्यायमा परेका तथा हिंसामा परेका बालबालिकालाई न्याय प्रदान गर्न, बालबालिकालाई असल काममा प्ररित गर्न , कला तथा प्रतिभा प्रस्तुत गर्न र बालमैत्री समाचार सम्प्रेषणका लागि सुझाव राखेका थिए ।
त्यस्तै अन्य सहभागीहरुले बालबालिका सम्बन्धि निर्माण भएका कानुनहरुकाे नितिगत पैरवी गर्न ,जनप्रतिनिधिलाई बालमैत्री बनाउन ,अनावश्यक ठाउँमा बालबालिकाकाे प्रयाेग बन्द गर्न संचारकर्मीले पैरवी गर्नुपर्ने बताए ।
उक्त छलफलमा पत्रकार युवराज घिमिरेले बालबालिकाकाे अधिकारका बारेमा मिडियाले उठाउनु पर्ने विषय, बालबालिका र मिडिया बिचकाे सम्बन्ध लगाएकाे विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम सिविस नेपालकी अध्यक्ष बिमला ज्ञवालीकाे अध्यक्षतामा भएकाे थियोे । उक्त कार्यक्रम विद्यार्थी , नागरिक समाज र संचारकर्मीकाे सहभागीतामा भएकाे हाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस