मिडियामा बालबालिकाकाे विषयले स्थान पाउन सकेन

काठमाडौ – मिडियाले उठाउने विषयबस्तुमा बालबालिकाकाे विषयले खास स्थान पाउन सकेकाे छैन । मिडियामा अन्य विषय जसरी महत्वका साथ स्थान पाउछ, त्यसरी बालबालिकाकाे विषयले स्थान पाउन नसकेकाे हाे ।
संचारमाध्यम मार्फत बालबालिकाे विषयलाई उठान गर्न पहल गर्ने उद्देश्यले काठमाडौंमा बालअधिकार सम्बन्धी संचारकर्मीसँग सिविस नेपालले छलफलकाे आयाेजना गरेकाे हाे । उक्त छलफलमा सहभागीहरुले मिडियामा जसरी राजनितीक, आर्थिक , विकास निर्माण लगाएतका विषयले स्थान पाएकाे छ त्यसरी बालबालिकाकाे विषयले स्थान नपाएकाे बताए । त्यसैगरी छलफलमा सहभागी बालबालिकाले हरेक संचारमाध्यमले बालबालिकाकाे अधिकार सुनिश्चित गर्न, अन्यायमा परेका तथा हिंसामा परेका बालबालिकालाई न्याय प्रदान गर्न, बालबालिकालाई असल काममा प्ररित गर्न , कला तथा प्रतिभा प्रस्तुत गर्न र बालमैत्री समाचार सम्प्रेषणका लागि सुझाव राखेका थिए ।
त्यस्तै अन्य सहभागीहरुले बालबालिका सम्बन्धि निर्माण भएका कानुनहरुकाे नितिगत पैरवी गर्न ,जनप्रतिनिधिलाई बालमैत्री बनाउन ,अनावश्यक ठाउँमा बालबालिकाकाे प्रयाेग बन्द गर्न संचारकर्मीले पैरवी गर्नुपर्ने बताए ।
उक्त छलफलमा पत्रकार युवराज घिमिरेले बालबालिकाकाे अधिकारका बारेमा मिडियाले उठाउनु पर्ने विषय, बालबालिका र मिडिया बिचकाे सम्बन्ध लगाएकाे विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम सिविस नेपालकी अध्यक्ष बिमला ज्ञवालीकाे अध्यक्षतामा भएकाे थियोे । उक्त कार्यक्रम विद्यार्थी , नागरिक समाज र संचारकर्मीकाे सहभागीतामा भएकाे हाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस