• काेसिस न्यूज
  • दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी


    काठमाडौं –मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

    मेडिकल व्यवसायी प्रसाईंलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंले जनाएकाे छ । प्रसाईं सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

    अदालतले प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पुर्जी जारी भएको छ । उनिहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्देै प्रहरीको साइबर ब्युरोले अदालतसँग पक्राउको अनुमति मागे थियाे ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस