संविधान दिवसकाे अवसरमा रामेछापमा विविध कार्यक्रम
रामेछाप – जिल्लामा १०ओै संविधान दिवसकाे अवसरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरिएकाे छ । दिवसकाे अवसरमा जिल्ला समन्वय समितिकाे मुल आयाेजना विभिन्न कार्यक्रम गरिएकाे हाे ।
साेमबार बिहान समन्वय समितिकाे प्राङ्गडमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा विभिन्न निकायका कर्मचारी तथा।स्थानिय गरि २४ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै साझ मन्त्रीको मन्थलीकाे आकाशे स्थित निर्माणाधीन कवर्ड हलमा मैत्रीपूर्ण महिला भलिबल आया्जना गरिएकाे थियाे । साे खेलमा मन्थली उमावि र मन्थली अस्पतालले भाग लिएका थिए ।खेलमा मन्थली अस्पतालले २ सेट र मन्थली उमाविले १ सेट खेल जितेका थिए ।

रामेछापमा साेमबार देखि असाेज ३ गते संविधान दिवसका दिनसम्म विभिन्न किसिमका कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएकाे जिल्ला समन्वय समितिकन प्रमुख चिना खड्काले जानकारी दिएकी छिन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस