चनखुमा ट्रक दुर्घटना , चालक सहित ३ जना घाइते

रामेछाप – मन्थली नगरपालिका १० चनखुमा ट्रक दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन् । चनखुबाट मन्थली तर्फ आउने क्रममा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापकाे अनुसार साेमबार साझ ८: ३० बजेकाे समयमा चनखुकाे लामा टोलबाट बाँस लिएर मन्थली तर्फ जानेक्रममा बा ५ ख ८०७१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएकाे हाे । उक्त ट्रक दुर्घटनामा परि चालक सहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक खाडाँदेवी ५ पकरबासका बर्ष ३८ को राजु ढुङ्गेल र ट्रकमा सवार अन्य दुई जना सामान्य घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार चालक ढुङ्गेलकाे दायाँ आखा माथि निधारमा चोट अवस्था मध्यम रहेको छ भने अन्य २ जना सामान्य घाईते भएको र सामान्य उपचार समेत नगरि आ-आफ्नो घर गएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस