मदिरा सेवन गरेर मातिएपछि प्रहरी नियन्त्रणमा रामेछापका जलाधार प्रमुख

रामेछाप – भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख मदिरा सेवन गरेर हल्लाखल्ला गरिरहेकाे अवस्था प्रहरीले नियन्त्रणमा लिएकाे छ । साेमबार विहान कार्यालय परिसरमा हल्ला गरिररहेकाे अवस्थामा कार्यालय प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
मदिरा सेवन गरेर मातिएकाे अवस्थामा भु तथा जलाधार कार्यालय परिसरमा कार्यालय प्रमुख ठुला – ठुला आवाजमा हल्ला गरिरहेकाे जानकारी प्राप्त भएपछि प्रहरीले नियन्त्रणमा लिएकाे प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जानकारी दिइन् । कार्यालय प्रमुखले त्यसरी हाेहल्ला मच्चाएकाे प्रशासनलाई जानकारी आउनासाथ प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रजिअ निराैलाले बताइन् ।
मदिराले मातिएका कार्यालय प्रमुख दाहाल कार्यालयका कर्मचारीहरु,विभिन्न राजनीतिक दलका नेता,जनप्रतिनिधी लगायतकाे नामै लिएर अपशब्द बोलिरहेकाे स्थानियले बताएका छन् ।
रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले कार्यालय प्रमुख दाहालका विषयमा यसअघि पनि मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको भनेर स्थानियबाट गुनासो आउने गरेको बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस