मदिरा सेवन गरेर मातिएपछि प्रहरी नियन्त्रणमा रामेछापका जलाधार प्रमुख
रामेछाप – भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख मदिरा सेवन गरेर हल्लाखल्ला गरिरहेकाे अवस्था प्रहरीले नियन्त्रणमा लिएकाे छ । साेमबार विहान कार्यालय परिसरमा हल्ला गरिररहेकाे अवस्थामा कार्यालय प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
मदिरा सेवन गरेर मातिएकाे अवस्थामा भु तथा जलाधार कार्यालय परिसरमा कार्यालय प्रमुख ठुला – ठुला आवाजमा हल्ला गरिरहेकाे जानकारी प्राप्त भएपछि प्रहरीले नियन्त्रणमा लिएकाे प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जानकारी दिइन् । कार्यालय प्रमुखले त्यसरी हाेहल्ला मच्चाएकाे प्रशासनलाई जानकारी आउनासाथ प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रजिअ निराैलाले बताइन् ।
मदिराले मातिएका कार्यालय प्रमुख दाहाल कार्यालयका कर्मचारीहरु,विभिन्न राजनीतिक दलका नेता,जनप्रतिनिधी लगायतकाे नामै लिएर अपशब्द बोलिरहेकाे स्थानियले बताएका छन् ।
रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले कार्यालय प्रमुख दाहालका विषयमा यसअघि पनि मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको भनेर स्थानियबाट गुनासो आउने गरेको बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस