सुनारपानिमा एक घर एक ड्रैगन फ्रुट राेपियाे
रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानिमा एक घर एक ड्रैगन फ्रुटकाे विरुवा राेपिएकाे छ । भदाैरे कालिका कृषि तथा पशुपंक्षी फामसँगकाे समन्वयमा बुधबार वडाले एक घर एक विरुवा वितरण गरेपछि उक्त बिरुवा राेपिएकाे हाे ।
मन्थली ५ सुनारपानिलाई ड्रैगन हब बनाउने उद्देश्यले वडाले प्रत्येक घरमा पुग्ने गरि उक्त विरुवा वितरण गरेकाे वडा अध्यक्ष रवीन कार्की (नवीन)ले बताए । वडा अध्यक्ष कार्कीले भने वडाका अधिकांश जग्गा सुख्खा भएकाे र अन्य खेतिबाली खासै नहुने भएकाले सुख्खा भुभागका लागि उपयुक्त ठानेर ड्रैगनकाे विरुवा वितरण गरेर किसानलाई ड्रैगन खेति प्रति प्रेरित गर्न खाेजिएकाे बताए । यसरी वडाले विरुवा दिएपछि बिस्तारै किसानहरु याे खेतिका लागि चासाे राख्ने र आफै व्यवसायीक रुपमा खेति सुरु गर्ने विस्वासका साथ विरुवा वितरण गरिएकाे अध्यक्ष कार्कीले बताए ।
भदौरे कालिका कृषि तथा पशुपपंक्षीका फामका संचालक रामजी शाहीको सहयोगमा उक्त बिरुवा वडाका ४७० घरमा वितरण गरेकाे हाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस