सुनारपानिमा एक घर एक ड्रैगन फ्रुट राेपियाे

रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानिमा एक घर एक ड्रैगन फ्रुटकाे विरुवा राेपिएकाे छ । भदाैरे कालिका कृषि तथा पशुपंक्षी फामसँगकाे समन्वयमा बुधबार वडाले एक घर एक विरुवा वितरण गरेपछि उक्त बिरुवा राेपिएकाे हाे ।
मन्थली ५ सुनारपानिलाई ड्रैगन हब बनाउने उद्देश्यले वडाले प्रत्येक घरमा पुग्ने गरि उक्त विरुवा वितरण गरेकाे वडा अध्यक्ष रवीन कार्की (नवीन)ले बताए । वडा अध्यक्ष कार्कीले भने वडाका अधिकांश जग्गा सुख्खा भएकाे र अन्य खेतिबाली खासै नहुने भएकाले सुख्खा भुभागका लागि उपयुक्त ठानेर ड्रैगनकाे विरुवा वितरण गरेर किसानलाई ड्रैगन खेति प्रति प्रेरित गर्न खाेजिएकाे बताए । यसरी वडाले विरुवा दिएपछि बिस्तारै किसानहरु याे खेतिका लागि चासाे राख्ने र आफै व्यवसायीक रुपमा खेति सुरु गर्ने विस्वासका साथ विरुवा वितरण गरिएकाे अध्यक्ष कार्कीले बताए ।
भदौरे कालिका कृषि तथा पशुपपंक्षीका फामका संचालक रामजी शाहीको सहयोगमा उक्त बिरुवा वडाका ४७० घरमा वितरण गरेकाे हाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस