मरिन डाईभर्सनकाे ब्रेक थ्रु
सिन्धुली – सुनकोशी मरिण डाईभर्सनकाे सुरुङ निर्माणकाे काम सकिएसँगै ब्रेक थ्रु गरिएकाे छ । सुनकाेसी मरिन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिए पछि प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेका हुन ।
बुधबार आयोजनाको बाँधतर्फ सुनकोशीको कानढुंग्रीमा प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेकाे हाे । उक्त आयाेजनाले तराईका विभिन्न ६ जिल्लामा सिंचाई गर्ने र विद्युत उत्पादन गर्ने उदेश्यले आयोजनाको सुरुङ निर्माण गरिएकाे हाे । आयाेजनाले सुरुङ निर्माणकाे काम निर्धारित समयभन्दा ३ महिना अघि नै सम्पन्न गरेर बुधबार ब्रेक थ्रु गरेकाे छ ।
सुरुङकाे ब्रेक थ्रु प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरेका थिए । ब्रेक थ्रु कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने विश्वास लिएकाे बताए । त्यस्तै आयाेजनाले समय अगावै सुरुङ निर्माणको काम सके जस्तै ड्याम निर्माण र अन्य निर्माणका काम पनि समयमै सक्न आग्रह गरे । त्यसैगरि प्रधानमन्त्री प्रचण्डले खुर्कोट चियावारी सुरुङ मार्ग निर्माणकाे लागि डाईभर्सनको सुरुङ निर्माणमा प्रयोग भएको टिविएम मेसिन प्रयोग गरि काम गर्न निर्देशन दिए ।
उक्त आयाेजनाले सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पुर्याई सिंचाई गर्ने उदेश्य राखेकाे छ
आयाेजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाई पुर्याउने उद्देश्य राखेकाे छ ।
सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले निर्माण गरेको हो । उक्त आयाेजनाकाे सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस