मरिन डाईभर्सनकाे ब्रेक थ्रु

सिन्धुली – सुनकोशी मरिण डाईभर्सनकाे सुरुङ निर्माणकाे काम सकिएसँगै ब्रेक थ्रु गरिएकाे छ । सुनकाेसी मरिन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिए पछि प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेका हुन ।
बुधबार आयोजनाको बाँधतर्फ सुनकोशीको कानढुंग्रीमा प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेकाे हाे । उक्त आयाेजनाले तराईका विभिन्न ६ जिल्लामा सिंचाई गर्ने र विद्युत उत्पादन गर्ने उदेश्यले आयोजनाको सुरुङ निर्माण गरिएकाे हाे । आयाेजनाले सुरुङ निर्माणकाे काम निर्धारित समयभन्दा ३ महिना अघि नै सम्पन्न गरेर बुधबार ब्रेक थ्रु गरेकाे छ ।
सुरुङकाे ब्रेक थ्रु प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरेका थिए । ब्रेक थ्रु कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने विश्वास लिएकाे बताए । त्यस्तै आयाेजनाले समय अगावै सुरुङ निर्माणको काम सके जस्तै ड्याम निर्माण र अन्य निर्माणका काम पनि समयमै सक्न आग्रह गरे । त्यसैगरि प्रधानमन्त्री प्रचण्डले खुर्कोट चियावारी सुरुङ मार्ग निर्माणकाे लागि डाईभर्सनको सुरुङ निर्माणमा प्रयोग भएको टिविएम मेसिन प्रयोग गरि काम गर्न निर्देशन दिए ।
उक्त आयाेजनाले सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पुर्याई सिंचाई गर्ने उदेश्य राखेकाे छ
आयाेजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाई पुर्याउने उद्देश्य राखेकाे छ ।
सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले निर्माण गरेको हो । उक्त आयाेजनाकाे सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस