नेवा : दिवसमा विविध कार्यक्रम
रामेछाप – ७ ओैं विश्व नेवा दिवसमा नेवार समुदायले मन्थलीमा विविध कार्यक्रम गरि मनाएकाे छ । दिवसकाे अवसरमा नेवाहरुकाे विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
दिवसका अवसरमा नेवार समुदायका विभिन्न संघ संस्थाहरुकाे संयुक्त आयाेजनामा नेवारहरुकाे भेषभुषा,भाषा ,संस्कृती,परम्परा र ऐतिहासिक मुल्य मान्यताकाे संरक्षणका विषयमा अन्तरक्रिया गरिएकाे छ । त्यसैगरी नेवारहरुकाे पहिचानलाई विश्वभर पहिचानका लागि नेवा समुदाय , स्थानिय सरकार तथा आम नागरिकको भुमिकाकाे विषयमा छलफल तथा अन्तरक्रिया गरिएकाे हाे ।

त्यस्तै दिवसमा शनिबार बिहान मन्थली बजारमा र्याली प्रदर्शन गरिएकाे छ भने साँझ मन्थली बजारकाे देवकोटा चाेकमा दिप प्रज्वलन गरेकाे नेवा देया दबु रामेछाप अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरि दिवसकै अवसरमा चैत्र १८ गते आइतबार रामेछाप नगरपालिका अग्नि पिडितहरुलाई राहत सामाग्री उपलब्ध गराउने कार्यक्रम रहेकाे नेवा देया दबु रामेछापकी पुर्व महासचिव संझना श्रेष्ठले जानकारी दिईन ।
कार्यक्रम नेवा ल्याम पुुच्, नेवा मिसा दबु, नेवा खल, नेवा देया दबु लगाएतका संघसंस्थाले संयुक्तरुपमा आयाेेेजना गरेका हुन ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस