गृहमन्त्रीको हुकुमी निर्देशन प्रति प्रेस युनियनको आपत्ति

काठमाडौं- सञ्चार माध्यमलाई नियमन गर्ने गरी गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई दिएको हुकुमी निर्देशन प्रती प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनले बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग उक्त निर्देशन सच्चाउन माग गर्दै आपत्ति जनाएकाे हाे ।
बिहीबार मन्त्रालयले एक सुचना जारी गर्दै अनलाइन समाचार पोर्टल, फेसबुक,एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेर दिएको निर्देशनप्रति नेपाल प्रेस युनियनले आपत्ति समेत जनाएको छ । नेपालको संविधानले सुरक्षित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र कुण्ठित गर्ने ध्येयले गृह मन्त्रालयले दिएको निर्देशन तत्काल सच्चाउन पर्ने विज्ञप्ति मार्फत युनियनले माग गरेको छ ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेले एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशनलाई तत्काल खारेज गर्न माग गरेका छन् । मुलुकको संविधान र कानुनलाई समेत बेवास्ता गर्दै उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले हुकुमी शैलीमा सञ्चार माध्यमको कन्टेन्टमा नियमन गर्ने गरी दिएको यो लिखित निर्देशनले बिधिको शासन, कानुनी राज्यको समेत उलंघन गर्न खाेजेकाे विज्ञप्ति उल्लेख छ ।
सञ्चार कर्मबाट राजनीतिमा प्रवेश गरेका मन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि आफ्नो क्षेत्राधिकार बाहिर गएर संविधानको भावना र मर्म विपरित निर्देशन दिएको युनियनले जनाएको छ ।
सञ्चार माध्यममा प्रकाशित भएको समाचार अनर्गल, आधारहीन, भ्रामक भएको तथ्य चाँज गर्ने काम गृह प्रशासनको नभएको स्पष्ट पार्दै समाचारको विषयमा चित्त नबुझे, गुनासो भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न आग्रह गरेको छ । सञ्चार माध्यमले आचारसंहीतालाई पूर्ण कार्यान्वनयमा ल्याउनुपर्छ भन्ने युनियनको मान्यता रहेको युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार कर्मबाट राजनीतिक कर्म सुरु गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री छामिछानेलाई आफ्नो राजनीतिक यात्राको जगलाई स्मरण गराउँदै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताबाट विचलित नहुन पनि युनियनले आग्रह गरेको छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस