पर्यटन प्रबर्द्धनमा व्यवसायी संघ
रामेछाप – रामेछापकाे सदरमुकाम मन्थलीमा हाेटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशकाे चाैथाे साधारण सभा हुने भएकाे छ । संघले बिहीबार पत्रकार सम्मेलन मार्फत यहि चैत्र ३ गते तिनलाल पार्क मन्थलीमा साधारण सभा हुने भएकाे जानकारी गराएकाे हाे ।
कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामाेदर नेपालले संघले प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने र जिल्लाहरुकाे पर्यटन प्रबर्द्धनमा सहयाेग गर्ने हेतुले यस पटक रामेछापमा साधारण गर्न लागेकाे बताए । उनले रामेछाप जिल्ला पनि पर्यटनकाे सम्भावना भएकाे जिल्ला भएकाे र कार्यक्रमले जिल्लाकाे प्रचारसँगै पर्यटन प्रबर्द्धनमा थप मद्दत पुग्ने बताए ।
कार्यक्रम संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम)काे प्रमुख आतिथ्यतामा हुने तय भएकाे छ । यसेैगरि कार्यक्रम बागमती प्रदेश भित्रका १३ जिल्लाका व्यवसायी संघहरुकाे प्रतिनिधिहरु १८१ जनाकाे सहभागीता रहने छ भने जिल्लाका व्यवसायी तथा अतिथि तथा अन्य गरि ५ सय जना भन्दा बढीकाे सहभागीता रहने अनुमान गरिएकाे संघका अध्यक्ष नेपालले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस