पर्यटन प्रबर्द्धनमा व्यवसायी संघ

रामेछाप – रामेछापकाे सदरमुकाम मन्थलीमा हाेटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशकाे चाैथाे साधारण सभा हुने भएकाे छ । संघले बिहीबार पत्रकार सम्मेलन मार्फत यहि चैत्र ३ गते तिनलाल पार्क मन्थलीमा साधारण सभा हुने भएकाे जानकारी गराएकाे हाे ।
कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामाेदर नेपालले संघले प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने र जिल्लाहरुकाे पर्यटन प्रबर्द्धनमा सहयाेग गर्ने हेतुले यस पटक रामेछापमा साधारण गर्न लागेकाे बताए । उनले रामेछाप जिल्ला पनि पर्यटनकाे सम्भावना भएकाे जिल्ला भएकाे र कार्यक्रमले जिल्लाकाे प्रचारसँगै पर्यटन प्रबर्द्धनमा थप मद्दत पुग्ने बताए ।
कार्यक्रम संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम)काे प्रमुख आतिथ्यतामा हुने तय भएकाे छ । यसेैगरि कार्यक्रम बागमती प्रदेश भित्रका १३ जिल्लाका व्यवसायी संघहरुकाे प्रतिनिधिहरु १८१ जनाकाे सहभागीता रहने छ भने जिल्लाका व्यवसायी तथा अतिथि तथा अन्य गरि ५ सय जना भन्दा बढीकाे सहभागीता रहने अनुमान गरिएकाे संघका अध्यक्ष नेपालले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस