हरेक महिला सचेत भए हिंसाका घटना नै हुने थिएन : प्रजिअ निराैला
समाजका हरेक महिला सचेत भए भने हिंसाका घटना नै नहुने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले बताईन् । मन्थली नगरपालिकाले आयाेजना गरेकाे ११४ ओै अन्तरास्ट्रिय महिला दिवसकाे कार्यक्रममा बाेल्दै प्रजिअ निराैलाले महिला सजक र सचेत हुन सके हिंसाका घटना नघट्ने बताएकी हुन ।
कार्यक्रमकाे प्रमुख अतिथि प्रजिअ निराैलाले ओैपचारीक शिक्षा भन्दा ठुलाे हामी भित्रकाे सचेतना र हामीले अपनाउने सजकता भएकाे बताईन् । सचेत नारीले सजकता अपनाउन सक्ने र सचेत नारी माथि हिंसा गर्ने आट पनि गर्न नसक्ने भएकाले महिलाहरु सचेत र सजक भए हिंसा नहुने बताईन्।त्यसैगरी उनले महिला दिवसकाे “महिलामा लगानी सभ्य र समुन्नत समाजकाे थालनी” भन्ने नाराले सार्थकता पाउनका लागि हरेक महिलामा स्वास्थ्य , शिक्षा ,सीप ,आत्मविश्वास र सबै प्रकारका स्राेत र साधनमा पहुँच साथै नियन्त्रण हुनु पर्ने बताईन् । त्यस्तै प्रजिअ निराैलाले महिला र पुरुष समाजकाे रथकाे दुई पाग्रा भएकाे भन्दै उनले रथकाे एउटा मात्र पाग्रा राम्रो भएर नहुने भएकाले नाराले भनेजस्तै सभ्य र समुन्नत समाजका लागि महिला र पुरुष दुबै सबै अवसर र अधिकारमा बराबरी हुनुपर्ने बताईन् ।
त्यसैगरी कार्यक्रममा पालिकाका प्रशाशकीय प्रमुख हरि प्रसाद चापागाईं , मन्थली क्याप्पसका प्रमुख भरत श्रेष्ठ , क्रियाशील पत्रकार महिला रामेछापकि अध्यक्ष ज्ञानु श्रेष्ठ लगाएले शुभकामना दिएका थिए ।
कार्यक्रम मन्थली नगरपालिकाकाे उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएकाे थियाे भने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे कार्यक्रमकाे प्रमुख आतिथ्यमा भएकाे हाे । कार्यक्रममा नगरभित्रका विभिन्न संघसंस्था तथा महिला स्वास्थ्यस्वयमसेविकाहरुकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा नारीमा लगानी सभ्य समुन्नत समाजकाे थालनी शिर्षकमा वक्तित्वकला प्रतियोगिता भएकाे थियाे । उक्त प्रतियोगितामा विभिन्न संघसंस्थाका ११ जना उद्ममी महिलाहरुले भाग लिएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस