हरेक महिला सचेत भए हिंसाका घटना नै हुने थिएन : प्रजिअ निराैला

समाजका हरेक महिला सचेत भए भने हिंसाका घटना नै नहुने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले बताईन् । मन्थली नगरपालिकाले आयाेजना गरेकाे ११४ ओै अन्तरास्ट्रिय महिला दिवसकाे कार्यक्रममा बाेल्दै प्रजिअ निराैलाले महिला सजक र सचेत हुन सके हिंसाका घटना नघट्ने बताएकी हुन ।
कार्यक्रमकाे प्रमुख अतिथि प्रजिअ निराैलाले ओैपचारीक शिक्षा भन्दा ठुलाे हामी भित्रकाे सचेतना र हामीले अपनाउने सजकता भएकाे बताईन् । सचेत नारीले सजकता अपनाउन सक्ने र सचेत नारी माथि हिंसा गर्ने आट पनि गर्न नसक्ने भएकाले महिलाहरु सचेत र सजक भए हिंसा नहुने बताईन्।त्यसैगरी उनले महिला दिवसकाे “महिलामा लगानी सभ्य र समुन्नत समाजकाे थालनी” भन्ने नाराले सार्थकता पाउनका लागि हरेक महिलामा स्वास्थ्य , शिक्षा ,सीप ,आत्मविश्वास र सबै प्रकारका स्राेत र साधनमा पहुँच साथै नियन्त्रण हुनु पर्ने बताईन् । त्यस्तै प्रजिअ निराैलाले महिला र पुरुष समाजकाे रथकाे दुई पाग्रा भएकाे भन्दै उनले रथकाे एउटा मात्र पाग्रा राम्रो भएर नहुने भएकाले नाराले भनेजस्तै सभ्य र समुन्नत समाजका लागि महिला र पुरुष दुबै सबै अवसर र अधिकारमा बराबरी हुनुपर्ने बताईन् ।
त्यसैगरी कार्यक्रममा पालिकाका प्रशाशकीय प्रमुख हरि प्रसाद चापागाईं , मन्थली क्याप्पसका प्रमुख भरत श्रेष्ठ , क्रियाशील पत्रकार महिला रामेछापकि अध्यक्ष ज्ञानु श्रेष्ठ लगाएले शुभकामना दिएका थिए ।
कार्यक्रम मन्थली नगरपालिकाकाे उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएकाे थियाे भने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे कार्यक्रमकाे प्रमुख आतिथ्यमा भएकाे हाे । कार्यक्रममा नगरभित्रका विभिन्न संघसंस्था तथा महिला स्वास्थ्यस्वयमसेविकाहरुकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा नारीमा लगानी सभ्य समुन्नत समाजकाे थालनी शिर्षकमा वक्तित्वकला प्रतियोगिता भएकाे थियाे । उक्त प्रतियोगितामा विभिन्न संघसंस्थाका ११ जना उद्ममी महिलाहरुले भाग लिएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस