रामेछापमा ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु ,दुई घाइते

रामेछाप– रामेछाप नगरपालिका ९ ल्याङ्गल्याङ्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटना परि दुई जना घाईते भएका छन ।
मंगलबार दिउँसो करिब भएको दुर्घटनामा रामेछाप ९ बस्ने ३७ वर्षीका गुणराज श्रेष्ठको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक रञ्जन गिरिले जानकारी दिएबा छन् । दुर्घटनामा परि रामेछाप ८ का मनोज मगर र चन्द्र बहादुर शाही घाईते भएका छन । घाईते दुबैको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ
तामाकोसी नदीबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग ज्यादै गरेकाे ना ५ त ६५३६ नम्बरको टयाक्टर अचानक ब्रेक फेल भएर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएकाे छ । ट्याक्टर दुर्घटना हुनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस