रामेछापमा उपमेयर्स फाेरम गठन
रामेछाप– रामेछाप जिल्लाका स्थानीय तहहरुका उप-प्रमुख तथा उपाध्यक्षहरुले एक कार्यक्रमका बीच ८ सदस्यीय उपमेयर्स फोरम गठन गरेको छ । साेमबार मन्थली नगरपालिकामा भएकाे एक कार्यक्रममा उक्त फाेरम गठन गरेकाे हाे ।
मन्थली नगरपालिकामा भएकाे न्यायीक समितीको अन्तरपालिका स्तरीय बैठकमा मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको संयोजकत्व ८ सदस्यीय समिति गठन गरेकाे छ । उक्त फाेरममा जिल्लाका सबै पालिकाहरुका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
स्थानीय तहका उपप्रमुख तथ उपाध्यक्षहरुले स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर फोरम गठन गरेको हो । फाेरम गठन पश्चात ‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता बिषयगत समितीका कामहरुमा अन्य स्थानीय तहबाट अनुभवहरु बटुल्न सहज हुने मन्थली नगरपालिका उपप्रमुख एंवम् फोरमका संयोजक बस्नेतले बताइन् ।
उपमेयर्स फोरम गठन भएपश्चात पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितीका भुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग हुने कुरा द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धबप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायीक समितीकाे सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीताका बारेमा प्रस्तुती गरेका थिए । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायीक समितीलाइ प्रकृयागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न न्यायीक समितीलाइ सहयोग पुग्ने बताए ।
त्यसैगरी कार्यक्रममा सहभागीले स्थानीय तहमा छलफल गर्नुपर्ने र स्पष्ट हुनु पर्ने धेरै बिषयहरू रहेका छन्,जुन सवालहरूमा एकरूपता र समाधान खोज्नका लागि यो फोरम सहयोगी हुन सक्ने बताएका छन् ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस