दोलखामा ९ सदस्यीय उपमेयर्स फाेरम गठन
दाेलखा– दाेलखामा स्थानीय तहका उप-प्रमुख तथा उपाध्यक्षहरुको ९ सदस्यीय उपमेयर्स फोरम गठन भएको छ । शुक्रबार एक कार्यक्रममा अवसरमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा समिति गठन भएको हाे ।
भीमेश्वर नगरपालिकामा शुक्रबार सम्पन्न न्यायीक समितीको जिल्ला स्तरीय अनुभव तथा सिकाइ आदानप्रदान कार्यक्रममा जिल्लाका ९ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहने गरी उक्त फोरम गठन भएको हो ।
उक्त फाेरम उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकामा सम्पादन गर्ने कामहरुको अनुभव आदानप्रदान गर्न, पालिकाहरुसँग आवश्यक सहकार्य गर्न सहजीकरणका लागि गठन गरिएको हो ।
‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता विभिन्न कामहरु गर्दै आइरहेका पालिका उपप्रमुख तथा उपाध्यक्षहरुले अन्य पालिकाहरुकाे अनुभवहरु बटुल्न सहज होस् भन्ने उदेश्यले फाेरम गठन गरेकाे भीमेश्वर नगरपालिका उपप्रमुख बस्नेतले बताइन् ।उनले भनिन फाेरम मार्फत आफ्ना क्षेत्राधिकारका बिषयमा एकअर्कालाई रचनात्मक सहयोग गर्न र संगठित भएर कार्य गर्न फाेरमकाे गठन गरिएकाे बताइन ।
न्यायीक समितीको जिल्लास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायीक समिती सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुती गरेका थिए । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायीक समितीलाइ प्रकृयागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न न्यायीक समितीलाइ सहयोग पुग्ने कुरा बताएका थिए ।
उपमेयर्स फोरम गठन भएपश्चात पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितीका भुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग हुने कुरा द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धब प्रसाद अधिकारीले बताए ।
कार्यक्रममा न्यीयीक समितीको सिकाइ, अभ्यास र आगामी दिनका लागि सुझाव संकलन गर्न आएका द्वन्द्व बिश्लेषक डा. बिष्णु उप्रेतीले संघियतामा न्यायीक समिती नयाँ अभ्यास भएको बताए । रूआण्डामा भएको द्वन्द्व व्यवस्थापनको समेत अध्ययान गरेका उप्रेतीले स्थानीय न्यायीक समिती व्यवस्थीत गराउनु पर्नेमा जोड दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- २ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ३ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ४ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ५ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ६ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ७ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
- ८ स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
प्रतिक्रिया दिनुहोस