माेटरसाइकलले ठक्कर लिदा बालककाे मृत्यु
रामेछाप- मानेँडाँडामा मोटरसाईकलले ठक्कर दिदा एक एक बालकको मृत्यु भएको छ । रामेछाप नगरपालिका ८ मा पर्ने मानेँडाँडामा शनिबार दिउँसाे मोटरसाईकलकाे ठक्करबाट ७ वर्षिय बालककाे मृत्यु भएकाे हो ।
रामेछाप सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउँदै गरेको लु ९६ प १९६० नम्बरको मोटरसाईकले बालकलाई ठक्कर दिएको थियो ।
एक मोटरसाईकल वर्कशपमा काम गर्ने भारत घर भएका जाबेद खानको ७ वर्षका छोरा मुराज खानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ। मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बालकको धुलिखेल अस्पतालमा उपचारको क्रममा आईतबार बिहान १ बजे मृत्यु भएको प्रहरीजनाएकाे छ ।
मोटरसाईकल चालक नयाँ गोरख गण रामेछापमा कार्यरत मन्थली नगरपालिका २ का घर भएका २३ वर्षिय अशोक थापा रहेका छन् । चालक थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहे प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस