माेटरसाइकलले ठक्कर लिदा बालककाे मृत्यु

रामेछाप- मानेँडाँडामा मोटरसाईकलले ठक्कर दिदा एक एक बालकको मृत्यु भएको छ । रामेछाप नगरपालिका ८ मा पर्ने मानेँडाँडामा शनिबार दिउँसाे मोटरसाईकलकाे ठक्करबाट ७ वर्षिय बालककाे मृत्यु भएकाे हो ।
रामेछाप सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउँदै गरेको लु ९६ प १९६० नम्बरको मोटरसाईकले बालकलाई ठक्कर दिएको थियो ।
एक मोटरसाईकल वर्कशपमा काम गर्ने भारत घर भएका जाबेद खानको ७ वर्षका छोरा मुराज खानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ। मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बालकको धुलिखेल अस्पतालमा उपचारको क्रममा आईतबार बिहान १ बजे मृत्यु भएको प्रहरीजनाएकाे छ ।
मोटरसाईकल चालक नयाँ गोरख गण रामेछापमा कार्यरत मन्थली नगरपालिका २ का घर भएका २३ वर्षिय अशोक थापा रहेका छन् । चालक थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहे प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस